म्याराथुन दौडको उपाधी गुरुङलाई

गोरखा : लिगलिकोट, सिरानचोक, गोरखा दरबार म्याराथुन दौड भीमबहादुर गुरुङले जितेका छन् । दौडमा सहभागी ११३ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दूरी तीनघण्टा १७ मिनेट दुई सेकेण्डमा पार गरेर गुरुङ विजयी भएका हुन् । उनले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल निर्माणको अरम्भस्थल लिगलिगकोटदेखि नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको सो म्याराथुन दौडमा रुकुमका दुर्गाराज बुढा दोस्रो हुन सफल भएका छन् । उनले सो दूरी तीन घण्टा १७ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए । बुढाले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै सबिन लामाले निर्धारित दूरी ३ घण्टा ३० मिनेट २ सेकेण्डमा पारी गरी तेस्रो हुन सफल भएका छन् । उनले ५० हजार रुपैयाँ पुरस्कार जिते। ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणको आयोजनामा म्याराथुन दौड आयोजना गरिएको हो । दौडमा ११४ जना सहभागी थिए ।

इतिहास र पर्यटनको प्रबद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथुन दौड’ आयोजना गरिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।

१६१६ भदौ २५ गते द्रव्य शाहलाई पस्लाङमा राज्याभिषेक गरेर गोरखा राज्यको स्थापना गरिएको सम्झनामा बुधबार म्याराथुन दौड आयोजना गरिएको सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए ।

नेपालको इतिहासमा पहिलो पटक सेनाको गण लिगलिगकोटमा तयार गरेको इतिहासको सम्झनामा सो म्याराथुन दौड प्रतियोगितामा नेपाली सेनाको पनि सहकार्य रहेको गणपति लेफ्टिनेण्ट कर्णेल उज्ज्वल केशीले जानकारी दिए ।

नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा सघाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए । ‘हामीले इतिहासको माध्यमबाट राष्ट्रिय एकताको स्मरण गराउने प्रयास गरेका हौं,’ उनले भने,’पृथ्वी नारायण शाहले एकीकरण गर्ने क्रममा गोरखाबाट नुवाँकोट, हनुमानढोका दरबारसम्म पुगे । यी ठाउँहरुलाई समेत जोडेर युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।’

‘यी क्षेत्रका गढी किल्लाको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि म्याराथुनले सहयोग गर्ने विश्वास लिएका छौ,’ उनले भने ‘सिँगो नेपाल निर्माणको सुरुवात गोरखाबाट भएको छ । नेपालको उत्पत्ति लिगलिगकोटबाट भएको हो। जग गोरखा दरबारमा तयार भएको छ भने हामीले यसको प्रवद्र्धन किन नगर्ने ? त्यसैले यसलाई एकीकरण पदमार्ग(युनिफिकेशन ट्रेल)को नाममा विकास गर्ने उद्देश्यले हरेक वर्ष म्याराथुन दौड प्रतियोगिता गर्ने लक्ष्य छ ।’
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित