गोर्खा नालाइन रेडियो यूके,
लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुबरमा हुन गइरहेको निर्वाचनमा अध्यक्षका पदका दावेदार रहेका कुमार पन्तले संघको नियमित खर्च संचालनको लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । संघको कार्यालय सञ्चालनदेखि नियमित कार्य सञ्चालन गर्न समस्या भएपछि संस्थाले एनआरएनए अग्रजहरुसँग सापटीको रुपमा आर्थिक सहयोगको लागि आह्रवान गरेको थियो ।
अन्य व्यक्तिहरुद्वारा पनि सहयोग प्राप्त हुने संघले अपेक्षा राखेको छ । विगतदेखि नै पटक पटक संघलाई आवश्यक सहयोग गर्दै आएका पन्तलाई एनआरएनए अध्यक्ष भवन भट्टले सामाजिक संजाल मार्फत धन्यबाद व्यक्त गरेका छन् ।
“म, मेरो एनआरएनए, र मेरो नेपाल” भन्ने मूल नारासहित नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा गरिने भएको छ ।





