गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, एनआरएन यूकेको यहि सेप्टेम्बर १४ मा हुने निर्वाचन आउन अब केहि दिन मात्र बाँकी छ । आउदो आइतबार एनआरएन यूकेको केन्द्रीय कार्यसमितिका २७ आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० / १० गरी कुल ७४ पदका लागि निर्वाचन हुदैछ ।
निर्वाचनमा जनको लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् । एनआरएन यूकेको भावी अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुंग र शेर सुनारको उम्मेदवारी परेको छ ।
यसपटक अध्यक्ष पदमा पहिलोपल्ट महिला उमेद्वारले चुनावमा भाग लिदैछिन भने बेलायत विश्वभरिकै सबैभन्दा बढी सदस्य संख्या भएको मुलुक बन्न सफल भएको छ । गैर आवासीय नेपाली संघ बेलायतको निर्वाचनको लागि तयार पारिएको मतपत्रको नमूना यस प्रकार रहेको छ । नमूना पत्रको लागि यहाँ क्लिक गर्नुहोला ।
NRN UK मतपत्रको नमूना





