एसिया कप :अन्तिम खेलमा नेपालको फराकिलो जित

काठमाडौं : एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित निकालेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । जवाफमा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ६७ रन बनाए । उनले ८३ बलमा ८ चौका र १ छक्का हिर्काए ।

सुरुवाती दुई ब्याट्स्म्यान शून्य रनमै गुमाएको नेपालले त्यसपछि सम्हालिएर खेलेको थियो । ओपनर रित गौतम पहिलो बलमै आकाश ताहिरको बलमा क्याच आउट भएका थिए । त्यस्तै पवन सर्राफले ११ बलको सामना गर्दा रन नबनाई पेभिलियन फर्किए ।तेस्रो र नम्बरमा आएका आसिफ शेख र कप्तान रोहित पौडेलले नेपालको इनिङ उकासेका थिए ।

कप्तान रोहितसँग ८६ रनको साझेदारी गरेका सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ४८ रन जोडे । त्यस्तै रसिद खानले ४४, कमलसिंह ऐरीले ४१ र कुशल मल्लले २२ रन जोडे ।
२८६ रनको विजय लक्ष्य पछ्याएको यूएईले सुरुवातमा सुस्त ब्याटिङ गरेको थियो । ओपनरद्वय सयद हाइदर र निल लोबो सस्तैमा समेटिए पनि तेस्रो नम्बरमा आएका भ्रित्य अरविन्दले आक्रामक ब्याटिङ गर्दै आफ्नो टिमलाई आशा जगाएका थिए । उनले ३४ बलको सामना गर्दै २८ रन जोडे ।

यूएईका एलिसन सराफुले टिमका लागि २१ रनको योगदान गरे । त्यस्तै ओसामा हसनले १६ रन जोडे । नेपाललाई शानदार जित दिलाउन सागर ढकालले उत्कृष्ट बलिङ गरे । ७ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ३ विकेट लिए । उनले मात्र २० रन खर्चिए ।

त्यस्तै रसिद खान, पवन सर्राफ र सूर्य तामाङले २/२ विकेट लिए । ओपनिङ बलिङ गरेका कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो । यसअघि समूह चरणको दुबै खेल गुमाएका दुबै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग पाँच विकेट र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित