गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, बेलायतको पूरानो संस्था यती नेपाली एसोशियसन यूकेले हिन्दूहरुको माहान पर्व विजया दशमीको शुभ अवसर पारेर विजया दशमी शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली कला संस्कृति र मौलिक परम्परालाई निरन्तरता दिंदै भावी पुस्ताहरुलाई पनि निरन्तरता दिलाउने अभिप्रायले यती नेपाली एसोशियसनले विभिन्न मौलिक एवं सांस्कृतिक कार्यक्रमहरु गर्दै लैजाने संस्थाका अध्यक्ष ध्रुव केसीले बताएका छन् ।
यतीले हालैमात्र बेलायतको सबैभन्दा ठूलो नेपाली संस्थाका तर्फबाट मेलामा संस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । यहि सेप्टेम्बर २९ तारिख आइतबारका दिन ह्यार्रो बरो फुटबल क्लबमा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरिने र विभिन्न नेपाली खानपानको व्यबस्था गरिने संस्थाका महासचिव मुकुन्द बास्तोलाले जानकारी दिएका छन् ।
कार्यक्रममा राफल ड्रा, विभिन्न किसिमका सांगीतिक प्रस्तुति एवं लोक भाकाहरुद्वारा मनोरंजन गराइने र कोसेली समूहको विशेष प्रस्तुती समेत रहने कल्चरल सेक्रेटरी माया केसीले बताएकी छन् । प्रवेश शुल्क १५ पाउण्ड निर्धारण गरिएको र टिकट बिक्रि खुल्ला भैसकेको पनि केसीले बताएकी छन् ।





