तीन वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

काठमाडौं । प्रहरीले तीन वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार २० माघ ०७४ मा खत्रीले बुद्धनगरमा एक महिलामाथि बलात्कार गरेको उजुरी परेको थियो ।

फरार अभियुक्त खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी अनुसन्धानका लागि महागनरीय प्रहरी वृत्त, बानेश्वर पठाइएको थापाले बताए ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित