Breaking News
Home > Blog > बसमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

बसमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ — सार्वजनिक बसमा दुर्व्यवहार गरेकाे आराेपमा पूर्व सांसद याेगेन्द्र घिसिङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो ।

प्रतिकात्मक तस्बिर ।

प्रहरीका अनुसार घिसिङले सार्वजनिक यातायातमा एक युवतीमाथि दुर्व्यवहार गरेपछि ती युवतीले प्रतिकार गरेकी थिइन् । युवतीले प्रतिकार गरेपछि बसमा सवार अन्य यात्रुले घिसिङलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

एसपी सिंहका अनुसार घिसिङ विरुद्ध उजुरी दर्ता गरेर कारवाही प्रकृया अगाडि बढाइएको छ ।
कान्तिपुर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1