गोर्खा अनलाइन रेडियो यूके,
नवलपुरका एक ३५ बर्षीय युवा गणेश सापकोटाका दुवै मृगौलाले काम गर्न छाडेपछि आफ्नो उपचारको लागि अहिले उनि सहयोगको अपेक्षा गर्दै बसिरहेका छन् । करिब एक दशक लामो समय सम्म साउदी अरबमा बस्दै आएका सापकोटा आफू अस्वस्थ भएका कारण स्वदेश फर्केका थिए ।
थुप्रै नेपालीहरुको दुख पीडामा मलम लगाउंदै आएका सापकोटा अहिले आफै सहयोगको अपिल गर्न बाध्य भएका छन् । उनको मृगौला प्रत्यारोपण गर्नका लागि १६ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । आफूहरुसंग पैसा नभएकोले छोरालाई बचाउनको लागि उनका पिताले रुँदै सहयोगको अपिल गरेका छन् । विभिन्न व्यक्ति तथा संस्थाहरुले पनि उनको उपचारको लागि पहल गर्दै आएका छन् ।
सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले नेपाल बाणिज्य बैंकको खाता नम्बर ३२०००२८२१३१० मा सोझै सहयोग गर्न सक्नुहुनेछ भने सम्पर्कको लागि बिरामी गणेश सापकोटालाई (+9779803180413) र उनकी दिदि सुनिता श्रेष्ठलाई (+9779866998410) मा सम्पर्क गर्न सकिनेछ ।
भिडियो हेर्नुहोला
[embedyt] https://www.youtube.com/watch?v=MCJbGfVklKQ[/embedyt]





