एनआरएनए आईसीसी सदस्यमा उत्कृस्ट एवं सक्षम उम्मेदवार अर्जुन कटुवाल

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन । एनआरएनए यूकेको सदस्य, कार्यालय सचिब, प्रबक्ता र पूर्व-उपमहासचिव हुदै लामो समय एनआरएन अभियानमा योगदान पुर्याउदै आएका अर्जुन कटुवालले आसन्न अधिवेसनमा आइसीसी पदमा उम्मेदवारी दिएकाछन् ।

एनआरएन अभियानका विभिन्न कार्यक्रमहरु मध्ये उनको मुख्य योजनहरु सदस्यता अनलाइन प्रणालीमा ब्यबस्थित गर्ने र हाल भएका १४००० सदस्यहरुलाई शुल्क बुझाउनसाथ नविकरण हुने थप कागजातहरु बुझाउनु नपर्ने बयबस्था गर्ने, एक पटकको नेपाली सधैंको नेपाली हुने मूल मंत्रका साथ नागरिकताको निरन्तरतामा प्रयास गर्ने, गैर आबासिय नागरिकता र अधिकारमा सुनिश्चितता, सम्पत्तिको सुरक्षामा सुनिश्चितता गराउन पहल गर्ने प्रमुख रहेका छन् ।

तेस्तै क़ानूनविदहरुको वर्कशप गरि आवस्यक ऐन नियममा ब्यबस्था गर्न नेपाल सरकारसंग नेपाली दुताबास र एनआरएन आईसीसी मार्फ़त पहल गर्ने र हाल देखिएको राष्ट्रीय र अन्तराष्ट्रीय परिषदको उम्मेदबार शुल्क बृद्धि घटाउने, एनआरएन सबैको साझा, सबल र राम्रो बनाउदै बिदेशमा रहेका हामी सबैको समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्धता सहित मैदानमा उत्रिएकाछन ।

आइसीसीमा रहेर लगानी, नागरिकताको सुनिस्चित अधिकारका लागी विशेष पहल गर्ने, नेपालको निर्वाचनमा गैरआवासीय नेपालीहरुको सहभागिता सुनिश्चित गराउन लन्डन दूतावासमार्फत मतदाता परिचयपत्र बनाउने र मतदान गर्ने वातावरण बनाउन पहल थाल्ने, एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्राथमिकताका साथ निरन्तरता दिने, वेल्स, स्कटल्यान्ड तथा नर्दन आयरल्याण्डमा सदस्यता तथा स्वायत्त अधिकार सुनिस्चित गर्ने, गोर्खा आन्दोलनमा सघाउने, आपत विपतमा परेका नेपालीलाई सहयोग गर्ने, बेलायतबाट नेपालमा स्किल ट्रान्सफरका लागि कार्यक्रम गर्ने लगायत प्रतिवद्धता उनको छ ।

कटुवालले एनआरएनए यूके भित्र विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। कार्यसमिति सदस्य, प्रवक्ता हुंदै उनी उपमहासचिव पनि भईसकेका छन्। लन्डनमा लेखा व्यवसाय र मिडियामा संलग्न कटुवाल सन् २००७ मा बेलायत आएदेखि नै एनआरएनए अभियानमा सक्रिय छन् । एनआरएनए अन्तर्राष्ट्रिय सम्मेलनमा २०१३ ,२०१५ र २०१७ मा लगातार प्रतिनिधि भई सक्रिय सहभागीता जनाइसकेकाछन् । कटुवाल यूके नेपाल फ्रेण्डसिप सोसाइटीका महासचिव र बुद्ध फाउण्डेसन यूकेका महासचिव समेत रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित