हराएकी ६ बर्षीया बालिका मृत भेटिइन्

चितवन । भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो ।

बालिकालाई नहरमा भेटिएलगत्तै भरतपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

घरको आंगनमा रहेको बेन्चमा सुतिरहेकी स्मृति बिहीवार राति करिब ९ः३० बजेबाट हराएकी थिइन् ।

परिवारले बालिकाको हत्या भएको आंशका गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ । मृतक बालिकाका काकाले घटना भएको दिन अपरिचित एक व्यक्ति आएर सोधीखोजी गरेको बताए । नवलपरासीको डण्डा बताउने उनको तस्वीर परिवारका सदस्यले उनको तस्वीर खिचेका थिए ।

ऊ तस्वीर प्रहरीलाई दिइएको बालिका काकाले बताए । मृतक बालिकाका वुवा बैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित