सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैली विरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क मञ्चद्वारा बनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मूल्यमान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै त्यस विरुद्धको सघर्षको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री केपी शर्मा ओली नेृतत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको तथा मानवअधिकार आयोग र नेपाली सेनालाई पनि आफु मातहत राख्न खोजेको आरोप लगाए। उनले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीको नेपाली कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी नै दिए। कार्यक्रममा कांग्रेस नेतृ आरजु देउवा राणा लगायतलाई सम्मान गरिएको थियो ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित