गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को २०१९-२१ को कार्यसमिति चयनको लागि यहि सेप्टेम्बर १४ तारिखका दिन निर्वाचन हुँदैछ । यसै सिलसिलामा लायन्स क्लब अफ लण्डन हेन्डनका अध्यक्ष प्रकाश न्यौपानेले इङ्गल्याण्ड राज्य समितिको सदस्य पदमा आफ्नो उम्मेद्बारी दिएका छन् ।
पर्वत जिल्ला बिहादी बराचौरमा जन्मिएका न्यौपाने पर्वत वेलफेयर सोसाइटी यूकेको वर्तमान सचिव तथा प्रवक्ता समेत रहेका छन् । करिब एक दशकदेखि बेलायतमा बस्दै आएका न्यौपाने सपरिवारसहित पश्चिम लण्डनको हेयजमा बस्दै आएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्नको लागि उनलाई नेपाली राजदुतावास बेलायतले सामाजिक संजाल समन्वयन परिषदमा सचिवको जिम्मेवारी दिएको छ ।
सत्य तथ्य र यथार्थ बोल्ने न्यौपाने निर्वाचित हुने उच्च पदाधिकारी लाई निर्वाचन अगाडि गरेका प्रतिबद्धता कार्यन्वयन गर्न जानकार गराउन र समयमा समापन गराउन आफूले उमेद्वारी दिएको बताउछन । विगतका लामो समयदेखि सामाजिक सेवामा समर्पित रहँदै आएका न्यौपाने सबैबाट सहयोग प्राप्त हुनेमा आशावादी छन् ।





