काठमाडौंमा डेंगुले एकको मृत्यु

चौतारा : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो।

ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए।
उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको कमलरत्नले बताए।

डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए।

टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद रोगी भेटिएमा उपचारका लागि रिफर गर्ने रोकाले जानकारी दिए ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित