टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ८ घाइते

हेंटौडा : मकवानपुरको भीमफेदीमा शुक्रबार दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घनामा परी मृत्यु हुनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ बस्ने वर्ष ७० का वीरसिंह वाइबा र सर्लाही बरथवा ३ बस्ने ६० वर्षीय महेन्द्र सहनी रहेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।

१० महिने शिशुको हेटौंडा ल्याउँदै गर्दा र अन्य दुई जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन्। घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख सिंहले बताए। घाइते यात्रु सर्लाही र सिन्धुलीका रहेका छन्।

दुर्घटना लगत्तै सुमो चालक सर्लाहीका २७ वर्षीय राजकुमार बस्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित