गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, यहि १४ सेप्टेम्बरमा हुन् गइरहेको निर्वाचनको लागि एनआरएन यूके यतिबेला जोडतोडकासाथ अगाडि बढिरहेको छ । सोहि क्रममा उमेद्वारहरु भने मतदाताहरुलाई आफ्नो वसमा पार्ने होडबाजीमा सामाजिक संजाल मार्फत लागिपरेका छन् । तर अन्य उमेद्वारहरुको तुलनामा कार्यकारिणी सदस्य पदमा उमेद्वारी दर्ता गरेकी एक सफल व्यवसायी एवं महिला अभियन्ता सरस्वती खत्री क्षेत्रीको परिस्थिति भने विल्कुल फरक छ ।
आगामी सेप्टेम्बर १४ मा हुन् गइरहेको आसन्न एनआरएनए यूके निर्वाचनको प्रतिस्पर्धाको दौडमा प्राय सबै उमेदवारहरुलाई यतिबेला न खाने न सुत्नेको नै ठेगान छ । तर सोही निर्वाचनमा सदस्य पदकी उम्मेदवार सरस्वती खत्री क्षेत्री भने यतिबेला डाक्टरहरुको सहारामा बिछ्यौनामा नै बस्न बाध्य भएकी छन् । केहि समय अघि कारको ठक्करबाट घाइते भएकी सरस्वतीको खुट्टाको अप्रेशन गर्नुपरेको थियो ।
चुनावी अभियानमा लाग्नेहरुको फेशबुक वालमा हेरेर आफूलाई खिन्नता महशुष गर्दै उनि भन्छिन ‘मेरो परिश्थिति नै यस्तो भइदियो जसका कारण आफूले चाहेर पनि चुनावी अभियानमा खटेर लाग्न सकेकी छैन, आशा छ मेरो अवस्था र परिस्थितीलाई हेरेर सबैजनाले स्वविवेकले मलाई सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु’ । एउटा ठूलो दुर्घटनाबाट बाँच्न सफल हुनु नै आफ्नो लागि ठूलो सौभाग्य भएको र अब आफू चाडैं स्वस्थ हुने आशामा रहेको उनले बताइन ।
रेष्टुरेन्टमा काम गर्दा गर्दै अहिले स्वयं रेष्टुरेन्ट व्यवसायमा आवद्ध रहेकी सरस्वतीले आफूलाई एक इमान्दार र मेहेनतीको रुपमा परिचित छन । पहिलादेखि नै समाजसेवा गर्न रुचाउने र अरुको दुखलाई आफ्नै दुख जस्तो ठानेर निरन्तर सहयोगका लागि अग्रसर हुदै आएकी सरस्वती आफ्नो अनुभव र सीपलाई एनआरएनमा लगाउने उद्देश्यले सदस्यमा उमेद्वारी दिएको उनि बताउछिन । चुनावको दिन भने आफ्नो क्षेत्रको मतदान केन्द्रमा गैर भेटघाट गर्न जाने तयारीमा रहेको उनले बताएकी छन् । सरस्वती खत्री क्षेत्रीको भिडियो शन्देश हेर्नको लागि प्ले गर्नुहोला !!
[embedyt] https://www.youtube.com/watch?v=Bo1efvuva10[/embedyt]





