सिन्धुपाल्चोकमा गोली चल्यो, दुई घाइते

सिन्धुपाल्चोक : बिहीबार दिउँसो सिन्धुपाल्चोकमा गोली चलेको छ। मेलम्ची खानेपानी आयोजनाको निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरको आन्दोलन उग्र बनेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको हो।

प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। प्रहरीले निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरले आन्दोलनका क्रममा ढुंगामुढा सुरु गरेपछि गोली चलाउनु परेको दाबी गरेको छ।

सिन्धुपाल्चोकको अम्बाथानमा बिहीबार दिउँसो साढे ३ बजे सशस्त्र प्रहरीले गोली चलाएको हो। इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको हो। गोली चलाउनुअघि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

सशस्त्रको गोलीबाट दुईजना घाइते भएको मेलम्ची खानेपानी पीडित सङघर्ष समितिका सदस्य उत्तमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले आन्दोलन उग्र बनेपछि गोली चलाएको दाबी गरे पनि आन्दोलनकारीले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भएको बताएका छन्।

मेलम्ची आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्री नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेका थिए। पीडित समूहले आफ्नो पारिश्रमिक र क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित