काँग्रेस हिन्दु राज्यको पक्षमा छैन : निधी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट्याएका हुन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराए। उनले नेपाली काँग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले काँग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गरे।

उपसभापति निधिले राज्यलाई हिन्दु राज्य नामाकरण गराउने मान्यतामा काँग्रेस नरहेको पटक–पटक दोहो¥याएका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित