महिला हक हित, सशक्तिकरण र समाजसेवाको लागि मेरो उमेद्वारी – रोजिना प्रधान राई

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । यहि सेप्टेम्बर १४मा हुन गइरहेको गैर आवासीय नेपाली संघ बेलायतको नवौं कार्यसमितिका लागि महिला उपाध्यक्षमा रोजिना प्रधान राईले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकीछन् । बेलायती नेपाली समाजमा परिचित नाम रोजिना रोजिहिरा फाउण्डेशनकी अध्यक्ष, ब्लाइन्ड रक्स यूकेको उपाध्यक्ष, किरात राई यायोख्या महिला विभागको महासचिव, नेप्लिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयूमन राइट्स यूकेको सदस्य समेत रहदै आएकीछन ।

आफ्ना मातापिता, श्रीमान हिराधन राई, सासु ससुरा र अग्रजहरुद्वारा पाएको प्रेरणास्वरूप गरिब दुःखीहरुको घाउमा मल्हम लगाउने काममा स्वस्फुर्त रुपमा अघि बढेकी उनले बताएकी छन् । नेपालमा गएको विनासकारी भूकम्प लगायत नेपालका बिकट र ग्रामिण क्षेत्रमा समेत रोजिनाले सहयोग पुर्याउदै आएकी छन् । उनले खोटांग जिल्लामा इ- लाइब्रेरीको पनि स्थापन गरेकी छन् । सामाजिक सेवाप्रतिको उनको कार्यका लागि विभिन्न संघसंस्थाले सम्मान पनि गरेका छन् । रोजिनाले टुडेज वुमन, गुन्युचोली तथा सांस्कृतिक पोशाक, राष्ट्रिय सचेतना अभियान, नवनारी नेपाल जस्ता अवार्ड पनि हात पारेकी छन् ।

“तपाईंहरुको सहयोग र हौसलाले मेरो उर्जा र जिम्मेवारी झनै थपिएको छ । म आज जहा छु, जे छु, त्यो सबै तपाई हरू सम्पूर्ण को सद्भाव, माया र बिश्वासले नै हो, सामाजिक कार्यमा अगाडी बढ्दै जादा प्राप्त गरेको तपाईहरुको भरोसाले अझ अगाडी बढ्ने प्रेरणा मिलेको छ। तपाईहरुको साथ सहयोग र सल्लाहको सदैव अपेक्षा गरेको छु । १४ सेप्टेम्बरमा हुने आसन्न निर्वाचनमा सहभागि भई हजुरहरुले अमुल्य मत दिई मेरो निस्वार्थ समाजसेवाको उदेश्यमा साथ दिनुहहुन अपिल गर्दछु” । रोजिना

उनले एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी छन् भने युनिभर्सिटी अफ वेष्ट लन्डनबाट नर्सिंङ सम्बन्धि अध्ययन गरेकी छन् । महिला हक हित, सशक्तिकरण र समाजसेवामा केन्द्रित रहेर काम गर्ने बताउदै आफ्नो अभियानमा साथ दिन समस्त बेलायतवासी नेपालीहरु समक्ष अपिल गरेकी छन् । समाजसेवाप्रतिको आफ्नो भावनालाई गरिब दुखिहरुसमक्ष पुर्याएर सामाजिक सेवालाई अगाडी बढाउँन आफूले उपाध्यक्ष पदमा उमेद्वारी दिएको रोजिनाले बताएकी छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित