गोर्खा अनलाइन रेडियो यूके,
विशेष गरि नेपाली नारीहरुद्वारा मनाइंदै आइएको हरितालिका तीज आजमात्र सम्पन्न भएको छ । झन्डै ३ महिना अघिदेखि नेपाली नारीहरु तीजको रमझममा रम्ने गर्दछन । नारीहरुको एक उत्सवको रुपमा हेरिने गरेको तीजमा प्रशस्तै विकृतीहरु पनि देखा पर्दै आइरहेको छ ।
अत्यन्त तडकभडक र उछ्रिंकलपनाले गर्दा तीजलाई हेरिने नजरमा परिवर्तन आउन थालेको छ । महंगा पार्टी प्यालेसमा पार्टी गरेर महंगा गरगहना र कपडाको प्रदर्शन गर्नु नै तीजको विशेषता हो भन्ने छाप नयां पिडिहरुमा बसिसकेको छ । तरसबैले तेसो गर्छन भन्न खोजेको चाही होइन । सामाजिक संजाल मार्फत थुप्रै सामाजिक कार्यहरु गरिसकेकी ईशा गुरुंगले भने यसपालीको तीजमा समाज सेवा गरेर आनन्द लिएकी छन् ।
उनले तीजको दर खाने दिनमा फेसबुक मार्फत स्टाटस राख्दै तीजको लागि छुट्याएको ५० हजार रुपैयाँ गरिव दुखीहरुको लागि सहयोग स्वरूप दिन चाहेको भन्दै आवश्यक हुनेहरुले आफूलाई सम्पर्क गर्नको लागि अनुरोध गरिन ।
“तीजको ख़र्च पार्टी पटेरा साडी गहनाको लागी भन्दा ,गरीब दुखीहरूको लागी रू ५० हजार बजेट छुटाएको छु , कसलाइ सहयोग गर्न पर्ने हो सम्पर्क गर्नुहोला प्लीज”
स्टाटस राखेको केहि समयमा नै सहयोगको अपेक्षा राख्नेहरुको ओइरो लाग्यो । तर उनले तय गरेको सिमित बजेटका कारण पीडितहरुमध्य ५ जना विशेष पीडितहरुलाई १०/१० हजारका दरले वितरण गर्दै अरुलैई सहयोग गर्न नसकेको भन्दै माफी मागिन । उनले उपलब्ध गराएको सहयोग प्राप्त गर्नेहरुमा निम्न व्यक्तिहरु रहेका छन् ।
१) ओकिल धामी भाइको पिडित लाइ १० हजार
२) ओम घले भाइको पिडित लाइ १० हजार
३) निरास बराइली भाँइको पिडित लाइ १० हजार
४) गणेश रावत भाँइको पिडित लाइ १० हजार
५) श्रेष्ठ राधा मेडमको पिडित लाइ १० हजार
एकछिन रमाइलो गरेर समाप्त हुने रकम जसले कसैको जीवनमा ज्योती पनि छर्न सक्छ | आफूले गर्नेखर्चको सानो हिस्सालाई समाज सेवामा समर्पण गर्ने हो भने जीवन मरणको दोसाँधमा परेका पीडितहरुलाई अवश्य राहत मिलन जानेछ । तर तीजलाई मनाउनु हुदैन भन्ने धारणा चाही पक्कै पनि होइन, धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई मान्ने क्रममा ज्यादा तडकभडक नगरी आफ्ना भावी पुस्ता समक्ष निरन्तरता दिलाउनु हाम्रो दायित्व एवं कर्तव्य हुन् जान्छ ।





