प्रधानमन्त्री भेट्न महासचिव पौडल सिंगापुर, बामदेव नजाने

काठमाडौं : सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल त्यसतर्फ जाँदैछन्। मंगलबार दिउँसो साढे १ बजे आफू सिंगापुर जान लागेको पौडेलले बताए।

‘प्रधानमन्त्रीलाई सुस्वास्थ्यको कामना गर्न जान लागेको हुँ’, उनले भने।

नेकपाका नेता बामदेव गौतम पनि सिंगापुर जान लागेको चर्चा मिडियामा भए पनि उनी जाने कुनै कार्यक्रम नभएको गौतमको निजी सचिवालयले जनाएको छ।

गौतमका स्वकीय सचिव दीपक टमाटाले गौतम सिंगापुर जाने कार्यक्रम नभएको बताए। ‘मिडियातिर उहाँ पनि पनि जाने भनेर चर्चा भएको मैले पनि देखेँ तर उहाँ जाने कार्यक्रम छैन’, टमाटाले भने, ‘अरु नेताहरू जानुहुन्छ होला।’

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ। मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ। ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भइरहेको छ। सम्भवतः शुक्रबार स्वदेश फर्कनेछौं’, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले टेलिफोनमा भने।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो। ‘शरीरमा बढेको एन्टिबडी निष्कासन गरिएको हो। यसका साथै शरीरमा अरू एन्टिबडी बन्न नदिने हो। एन्टिबडी बढ्दै गएपछि खराबी हुन सक्छ’, डा. शाहले भनिन्।

एन्टिबडी निकालेर मिर्गौलाको कार्यक्षमतामा सुधार ल्याउन कार्यका लागि प्लाज्मा फेरेसिस उपचार विधि अपनाइन्छ। डा. शाहले भनिन्, ‘एन्टिबडीले मिर्गौलालाई खराब गर्न सक्ने भएकाले निष्कासन गर्न उपचार विधि अपनाइएको हो।’ पूर्वयोजनाअनुसार एन्टिबडी निष्कासन गर्न सात सेसन प्लाज्मा फेरेसिस गरिँदैछ। अहिले एक दिन बिराएर प्लाज्मा फेरेसिस भइरहेको निजी चिकित्सक डा. शाहले बताइन्। अब एकपटक फेरेसिस गरेपछि स्वदेश फर्कने कार्यक्रम छ। शरीरबाट विकारयुक्त एन्टिबडी कति निष्कासन भयो भन्ने यकिन भने एकदुई महिनापछि थाहा हुने डा. शाहले जानकारी दिइन्। ५ भदौमा उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली दुई सातापछि स्वदेश फर्कंदैछन्।

प्रधानमन्त्री ओलीको शरीरमा संक्रमणको जोखिम बढेपछि फेरेसिस उपचार विधि अपनाइएको हो। ‘शरीरको एन्टिबडी हटाउने हो। त्यत्तिकै छोड्ने होइन’, डा. शाहले भनिन्। एन्टिबडी कति हट्यो भन्नेबारे एकदुई महिनापछि थाहा हुने डा. शाहको भनाइ छ। प्रधानमन्त्री ओली यसअघि साउन १८ गते पनि नेसनल युनिभर्सिटी अस्पतालमै उपचार गराएका थिए। पहिलोपटक उनी नौ दिन उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए।

दोस्रोपटकको उपचारपछि पनि फलोअपका लागि सिंगापुर जानुपर्ने चिकित्सकले जनाएका छन्। ओलीको दुवै मिर्गौला फेल भएपछि ०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित