खेमराज गुरुङ स्मृती साँझमा राजेस पायल र सुजन पराजुलीको प्रस्तुती

गोर्खा आनलाइन रेडियो यूके,
लन्डन, पश्चिम लन्डनको फेल्थामस्थित स्प्रीङ्ग वेस्ट एकेडेमीमा यहि सेप्टेम्बर ८ तारिख आइतबारका दिन खेम राज गुरुङ्ग स्मृती साझ हुने भएको छ । स्वर्गीय गायक खेमराज गुरुङ्ग स्मृती प्रतिस्ठानको आयोजनामा हुन लागेको सो कार्यक्रमको लागी नेपालका ख्याती प्राप्त गायक राजेश पायल राई लण्डन आइपुगेका छ्न ।

कार्यक्रममा गायक राइलाई लण्डनका स्थानीय गायक सुजन पराजुलीले साथ दिने छन । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक चन्चला गुरुङ्गले बताएकी छन् । साझ ६ बजेबाट शुरु हुने कार्यक्रममा गायक राईले आफ्ना नयाँ पूराना गितका साथै स्व. गायक खेमराज गुरुङसँग सहकार्य गरेका गितहरु गाउने छन । तेसैगरि स्थानीय गायक सुजन पराजुलीले पनि खेमराज गुरुङद्वारा गाइएका गीतहरुलाई विशेष रुपमा प्रस्तुत गर्ने भएका छन ।

कार्यक्रममा सहभागिता हुनको लागि प्रवेश शुल्क १५ पाउन्ड निर्धारित गरिएको छ । कार्यक्रमबाट संकलित सम्पूर्ण रकम खेमराज स्मृती प्रतिस्ठान मार्फत सामाजिक कार्यको लागि खर्च गरिनेछ । कार्यक्रमलाई सफल पारिदिनको लागी बेलायतवासी सम्पूर्ण संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।
“गोर्खा रेडियोको लागि स्व. खेमराज गुरुंगद्वारा रेकर्ड गरिएको प्रोमो”

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित