ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं. ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

गम्भीर घाइते दुबै जनालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

उक्त दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । उनको खुट्टा फ्याक्चर भएको तथा हातमा पनि गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते मरासनीलाई स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

सोमवार बेलुका सवा ७ बजेतिर उक्त दुर्घटना भएको थियो भने दुबैजनालाई अस्पताल पुर्याए लगत्तै बेलुका पौने ९ बजेतिर उनीहरुको मृत्यु भएको थियो ।

सुरुमा भालुवाङवाट पश्चिम लमही तर्फ आउँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाइकल र लमहीवाट पूर्व भालुवाङ तर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

त्यसपछि दुबै मोटरसाइकलमा सवार तीन जना व्यक्ति सडकमै लडे । त्यसपछि उनीहरूलाई तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले दुई मोटरसाइकल आपसमा ठोक्किएर सडकमा लडिरहेका उनीहरुलाई हानेको थियो ।

ईलाका प्रहरी कार्यालयका भालुवाङका अनुसार दुर्घटनामा परेका दुई मोटरसाइकललाई ठक्कर दिने ट्रक राजमार्गदेखि एक किलोमिटर टाढाको भित्री सडकमा भेटिएको छ।

ट्रक भेटिए चालक भने फरार रहेका छन् । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित