एटीएम प्रकरण : तीन नेपाली सहित चारजना पक्राउ

काठमाडौं : विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने तीन नेपाली सहित चारजना पक्राउ परेका छन् । यस प्रकरणमा गत शनिबारदेखि जम्मा नौ जना पक्राउ परिसकेका छन् ।

सोमबार डेक्सो मनि एक्सचेन्जका सञ्चालक रविकुमार लामिछाने भन्ने वेदनाथ लामिछाने, नेपालय मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान र म्यानेजर रेवती दबाडी पक्राउ परेका हुन् । यस्तै आइतबार राति चिनियाँ मुलका एक फ्रेन्च नागरिक छु लुक्ली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

लुक्ली महानगरीय प्रहरी परिसरले शनिबार पक्राउ गरेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको पुष्टि भएको छ । परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनको साथबाट ६ हजार अमेरिकन डलर बरामद गरेको छ। एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साँटेको प्रहरीको अनुसन्धानले देखाएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित