एटीएम ह्याक प्रकरण : तत्काल पैसा कसरी निकाल्ने

काठमाडौं : काठमाडौंमा एटीएम ह्याक प्रक।रण सार्वजनिक भएपछि धेरै प्रयोगकर्ता तनावमा छन्। अधिकांश बैंकका एटीएममा पैसा निकाल्नेको लाइन देखिन्छ । तर एटीएमले काम गरेको अवस्था छैन।

धेरैको एउटै चिन्ता छ, अब पैसा कसरी निकाल्ने ? यसको स्पष्ट जवाफ बैंकले पनि दिन सकेका छैनन्। कतिपय बैंकले एटीएम सेवा तत्कालका लागि बन्द भएको सूचना टाँस गरेका छन्। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार तत्कालका लागि नेप्समा आबद्ध बैंकका एटीएम कार्ड अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न सकिन्छ।

नेपाल इलेक्ट्रिक पेइमेण्ट सिस्टम लिमिटेड (नेप्स)को कार्ड प्रयोग गरेर भीसा कार्यको प्रयोग गर्ने बैंकका एटीएमबाट पैसा झिकिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अहिले प्रभु, सनराइज, माछापुच्छ«े, जनता, सिद्धार्थ, सिटिजन्स, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक नेम्स प्रणालीमा आबद्ध छन्।

त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन्।

ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ।

सबै बैंकले शंकास्पद कारोबारको विवरण प्रहरीलाई बुझाइसकेका छन्। त्यसमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित