एनआरएनए युरोप उपसंयोजकमा समाजसेवी कृष्ण तिमल्सेनाद्वारा उमेद्वारी

गोर्खा नालाइन रेडियो यूके,

लन्डन, आगामी अक्टोबरमा काठमाण्डौमा हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा उद्धमी एवं समाजसेवी कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने घोषणा गरेका छन । सन् २००७ देखि एनआरएन अभियानमा निरन्तर लाग्दै आएका तिमल्सिना सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका थिए ।

सन् २०१५ देखि ०१७ मा शेष घलेको कार्यकालमा केन्द्रीय सदस्य बनेर काम गरेका तिमल्सेना सन् २०१७ देखि १९ को कार्यकालका लागि एनआरएन यूकेको अध्यक्ष पदमा भने उपविजेता बनेका थिए । हाल उनि एनआरएन यूकेको सल्लाहकार एवं एनआरएनए केन्द्रको ट्रेड इन्भेष्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्सको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
लामो समयसम्म एनआरएन अभियानमा सक्रिय भएर लागेका र स्वच्छ छवी, मेहनती, इमान्दार, सहनसिल र सहयोगी भएका कारण एनआरएन संजालभित्र सबैजनासंग उनको राम्रो सम्बन्ध कायम रहँदै आएको छ । नेपालका बरिष्ठ राजनीतिज्ञ देखि लिएर समाजसेवीहरुसंग समेत राम्रो सम्बन्ध र प्रभाव भएका तिमल्सेना समाजसेवामा उत्तिकै सक्रिय रहँदै आएका छन् । बेलायतमा हुने विभिन्न सामाजीक एवं च्यारीटी कार्यक्रमहरुमा समयको अभाव हुदा हुदै पनि खुसुक्क पुगेर लुसुक्क निस्के पनि उपस्थिति भने जनाएरै छड़छन् ।

एन आर एनसंगको लामो सहकार्य र सुमधुर संबन्धका कारण आफूले युरोप उप-संयोजकको पदमा उमेद्वारी दिने निर्णय गरेको तिमिल्सिना बताउछन । युरोपभित्र पनि आफ्नो राम्रो सम्बन्ध रहेको र नेपाल र नेपालीको हक हित लगायत देश विकासको लागि एनआर एनको काँधमा ठूलो जिम्मेवारी रहेकोले उक्त जिम्मेवारीमा आफूले पनि काँध हालेर होष्टेमा हैंसे थप्न लागेको उनले बताएका छन् ।

युरोपका व्यवसायीहरुसंग सहकार्य गरि नेपालमा सहयोग र लगानी भित्र्याउन र युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन पनि प्रयास गर्ने उनको लक्ष्य रहेको छ । युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना समेत उनले अघि सारेका छन् । आफू विजय भएमा आफ्नो प्रतिबद्धता पूरा गर्ने र सबैबाट सहयोग पाउनेमा आफू ढुक्क रहेको उनले बताएका छन् ।

डेढ दशकभन्दा बढी समय बेलायतमा बस्दै आएका तिमिल्सिना करियर सेफको पेशाबाट शुरु भएको हो भने उनि सेफ एसोशिएसन यूकेका संस्थापक अध्यक्ष्य समेत हुन् । क्रिस फुडका प्रबन्ध निर्देशक समेत रहेका तिमल्सेना नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी तथा ब्यांकिंग क्षेत्रमा लगानी गर्दै आएका छन् ।

तिमल्सेनाले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा निरन्तर रुपमा सहयोग गर्दै आएका छन् । भर्खरैमात्र धादिंग जिल्लाको निलकण्ठ नगरपालीका १४ धुवाँकोट सरस्वती माध्यामिक विद्यालय पुननिर्माणमा १२ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् ।

भूकम्पका बेलामा पनि उनले धादिंगकै निलकण्ठ नगरपालीकामा अवस्थित तमैरातमाटे मावि रातमाटे लगायतका अन्य विभिन्न स्थानमा सहयोग प्रदान गरेका थिए । बेलायतका थुप्रै संस्थासंग आवद्ध रहेका तिमिल्सिना कुरा भन्दा काममा बढी विश्वास गर्दछन । मनभित्र परेको पीडालाई पनि भित्रै लुकाएर सबैसंग हासेर नै तर्ने तिमल्सेना अत्यन्त मिलनसार र मृदुभाषीको रुपमा परिचित छन् । सफल सामाजिक अभियानताका रुपमा उनि थुप्रै पटक सम्मानित समेत भैसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित