गोर्खा नालाइन रेडियो यूके,

लन्डन, आगामी अक्टोबरमा काठमाण्डौमा हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा उद्धमी एवं समाजसेवी कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने घोषणा गरेका छन । सन् २००७ देखि एनआरएन अभियानमा निरन्तर लाग्दै आएका तिमल्सिना सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका थिए ।
सन् २०१५ देखि ०१७ मा शेष घलेको कार्यकालमा केन्द्रीय सदस्य बनेर काम गरेका तिमल्सेना सन् २०१७ देखि १९ को कार्यकालका लागि एनआरएन यूकेको अध्यक्ष पदमा भने उपविजेता बनेका थिए । हाल उनि एनआरएन यूकेको सल्लाहकार एवं एनआरएनए केन्द्रको ट्रेड इन्भेष्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्सको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
लामो समयसम्म एनआरएन अभियानमा सक्रिय भएर लागेका र स्वच्छ छवी, मेहनती, इमान्दार, सहनसिल र सहयोगी भएका कारण एनआरएन संजालभित्र सबैजनासंग उनको राम्रो सम्बन्ध कायम रहँदै आएको छ । नेपालका बरिष्ठ राजनीतिज्ञ देखि लिएर समाजसेवीहरुसंग समेत राम्रो सम्बन्ध र प्रभाव भएका तिमल्सेना समाजसेवामा उत्तिकै सक्रिय रहँदै आएका छन् । बेलायतमा हुने विभिन्न सामाजीक एवं च्यारीटी कार्यक्रमहरुमा समयको अभाव हुदा हुदै पनि खुसुक्क पुगेर लुसुक्क निस्के पनि उपस्थिति भने जनाएरै छड़छन् ।
एन आर एनसंगको लामो सहकार्य र सुमधुर संबन्धका कारण आफूले युरोप उप-संयोजकको पदमा उमेद्वारी दिने निर्णय गरेको तिमिल्सिना बताउछन । युरोपभित्र पनि आफ्नो राम्रो सम्बन्ध रहेको र नेपाल र नेपालीको हक हित लगायत देश विकासको लागि एनआर एनको काँधमा ठूलो जिम्मेवारी रहेकोले उक्त जिम्मेवारीमा आफूले पनि काँध हालेर होष्टेमा हैंसे थप्न लागेको उनले बताएका छन् ।
युरोपका व्यवसायीहरुसंग सहकार्य गरि नेपालमा सहयोग र लगानी भित्र्याउन र युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन पनि प्रयास गर्ने उनको लक्ष्य रहेको छ । युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना समेत उनले अघि सारेका छन् । आफू विजय भएमा आफ्नो प्रतिबद्धता पूरा गर्ने र सबैबाट सहयोग पाउनेमा आफू ढुक्क रहेको उनले बताएका छन् ।
डेढ दशकभन्दा बढी समय बेलायतमा बस्दै आएका तिमिल्सिना करियर सेफको पेशाबाट शुरु भएको हो भने उनि सेफ एसोशिएसन यूकेका संस्थापक अध्यक्ष्य समेत हुन् । क्रिस फुडका प्रबन्ध निर्देशक समेत रहेका तिमल्सेना नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी तथा ब्यांकिंग क्षेत्रमा लगानी गर्दै आएका छन् ।
तिमल्सेनाले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा निरन्तर रुपमा सहयोग गर्दै आएका छन् । भर्खरैमात्र धादिंग जिल्लाको निलकण्ठ नगरपालीका १४ धुवाँकोट सरस्वती माध्यामिक विद्यालय पुननिर्माणमा १२ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् ।
भूकम्पका बेलामा पनि उनले धादिंगकै निलकण्ठ नगरपालीकामा अवस्थित तमैरातमाटे मावि रातमाटे लगायतका अन्य विभिन्न स्थानमा सहयोग प्रदान गरेका थिए । बेलायतका थुप्रै संस्थासंग आवद्ध रहेका तिमिल्सिना कुरा भन्दा काममा बढी विश्वास गर्दछन । मनभित्र परेको पीडालाई पनि भित्रै लुकाएर सबैसंग हासेर नै तर्ने तिमल्सेना अत्यन्त मिलनसार र मृदुभाषीको रुपमा परिचित छन् । सफल सामाजिक अभियानताका रुपमा उनि थुप्रै पटक सम्मानित समेत भैसकेका छन् ।





