श्रमिक मुद्दा पहिलो प्राथमिकता-उपाधक्ष कुमार पन्त

गोर्खा अनलाइन रेडियो यूके,
दोहा । गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले गैरआवासीय नेपाली संघ मध्यपूर्वको श्रमबजारमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कतारको दोहामा आयोजित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पन्तले मध्यपूर्वको श्रम बजारमा रहेका नेपालीको समस्या समाधान, हकहित र अधिकारको सवाल संघको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो । नेपालको अर्थतन्त्रको ३५ प्रतिशत भन्दा बढी हिस्सा नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले ओगटेको छ, उहाँले भन्नुभयो, मुलुकको अर्थतन्त्रमा यतिको योगदान गर्ने श्रमिकको आधार क्षेत्र यो, यो क्षेत्रका श्रामिकका बारेमा अब सोच्ने कि नसोच्ने रु” मध्यपूर्वमा दिनरात नभनि खटेका श्रमिकले नेपालमा पठाएको पूँजी अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोप्रति सचेत गराउँदै पन्तले सो पूँजीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । मध्यपूर्वमा रहेका नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई समेत नेपालको श्रम बजारमा प्रयोग गर्न सकिने आधार निर्माणका लागि संघ प्रतिबद्ध रहेको उहाँको भनाई थियो । त्यसका लागि एकद्धार नीति अर्थात सामुहिक लगानीका लागि उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो । “कोषमा अर्बको कुरा भयो भन्नुहुन्छ, पन्तले भन्नुभयो, “कोषमा यदि करोडौँ साथीहरु जम्मा भए अर्बको मात्रै होइन खरबौँको पूँजी पनि निर्माण गर्न सकिन्छ ।” छरिएको लगानीलाई एकैद्धारबाट नेपालको समृद्धि र आर्थिक विकासका लागि उपभोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामुहिक लगानीका लागि नेपाल सरकारसँग सहमति भइसकेको स्मरण गराउँदै उहाँले प्रक्रियागत रुपमा यथाशक्य लगानीको वातावरण बनाउने र त्यसमा ठूलो पूँजी मात्रै नभई सानो लगानीको लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो । फरक प्रसंगमा उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी पन्तले गैरआवासीय नेपालीको लागि सदस्यता निशुल्क गर्नुपर्नेमा जोड दिनुभयो । नेपालीले जसरी बिना शुल्क नागरिकता प्राप्त गर्छ, “उहाँले भन्नुभयो त्यसरी नै गैरआवासीय नेपालीले पनि बिना शुल्क सदस्यतापत्र प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्छ ।” अधिवेशनमा संघका महासचिव डा बद्री केसीले संघलाई आर्थिक रुपमा समृद्ध बनाए मात्रै मुलुकप्रतिको प्रतिबद्धता पूरा गर्न सकिनेमा जोाड दिनुभयो । निष्पक्ष रुपमा प्रक्रियागत रुपमा संघको सदस्य बन्न आह््वान गर्दै केसीले विश्वव्यापी सञ्जालमा जोडिएको संस्थालाई मिलेर उत्कृष्ट साबित गर्नुपर्ने उहाँको भनाई थियो । संस्थालाई दिगो र बलियो बनाएमात्रै मुलुकको समृद्धिको बराबरी हिस्सेदार बन्न सकिने उहाँको भनाई थियो । अधिवेशनमा भाग लिन गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायत कतारको दोहा पुग्नुभएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित