गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, गैर आवासीय नेपाली संघ यूकेको निर्वाचन आगामी सेप्टेम्बर १४ तारिखका दिन हुदैछ । गैर आवासीय नेपाली संघमा यसपटक बेलायतले विश्वकै सबैभन्दा बढि सदस्य संख्या बनाउन सफल भएको छ । बेलायतमा अहिले चुनावी चहलपहलको लेखाजोखा गरेर साध्य छैन । यसै चुनावी अभियानमा लागेका एकजना समाजसेवी सालिकराम सापकोटा पनि एनआरएनए को आइसीसी पदका दावेदार हुन् ।
सन् २०१५-१७ मा एनअआरएन यूकेको कार्यकारी सदस्य, प्रेस एण्ड पव्लिकेशन विभागको सचिव, २०१७-१९ का कोषाध्यक्षका प्रत्यासी रहेका सापकोटा हाल एनआरएन यूकेको सल्लाहकारको रुपमा रहँदै आएका छन् । चितवन एड सोसाइटी (क्याट) नामक च्यारिटी संस्थामा सचिवको सफल कार्यकाल सम्पन्न गरि सबैको मन जितेर वर्तमान उपाध्यक्ष पदको जिम्मेवारी सम्हाली रहनु भएका सापकोटाले जेन्स यूके (ग्राजुएट इन्टरप्रेन्युइर नेप्लिज सोसाइटी ) को अध्यक्ष पद सम्हालिसकेका सापकोटा हाल उक्त संस्थाको सल्लाहकारको रुपमा काम गरिरहेका छन् ।
सापकोटाले एन्गलिया रस्किन युनिभर्सिटी बाट एकाउनटिङ् विषयमा डिग्री हासिल गरेका छन् । २०१७-१९ मा एनआरएन यूकेको राज्य समन्वय विभागमा रही सक्रिय भूमिका निर्वाह गरेका सापकोटा निस्वार्थ समाज सेवामा लागेर गैर आवासीय नेपालीहरुको समस्या समाधानलाई प्रमुख लक्ष्यका साथ आघि बढ्ने बताउछन । नेपाली नागरिकताको निरन्तरता को अभियानलाई शसक्त रुपमा अगाडि बढाएर तेस्को सम्बोधन गराउनको लागि पहल गर्ने र एन आर एन प्रति युवाहरुलाई आकर्षित गराउने तर्फ जोड दिने उनले बताएका छन् ।
साथै विदेशमा बसेर विभिन्न क्षेत्रमा आफूले गरेको ज्ञान शिप र उर्जालाई नेपालको विकासमा सहभागी गराउने पनि आफ्नो उद्देश्य रहेको सापकोटाले बताएका छन् । बेलायतवासी नेपालीहरुमाँझ चिरपरिचित सापकोटा उर्जाशील, कर्मठ, सक्षम एवं गतिशील युवा उमेद्वारको रुपमा देखा परेका छन् । गैर आवासीय नेपाली संघको आईसीसी पदमा आफूलाई विजय गराउन सम्पूर्ण बेलायतवासी नेपालीहरुको सहयोग मिल्नेमा उनि विश्वस्त छन् ।





