एनआरएन आइसीसी सदस्य पदमा भिड्दै सालिकराम सापकोटा

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, गैर आवासीय नेपाली संघ यूकेको निर्वाचन आगामी सेप्टेम्बर १४ तारिखका दिन हुदैछ । गैर आवासीय नेपाली संघमा यसपटक बेलायतले विश्वकै सबैभन्दा बढि सदस्य संख्या बनाउन सफल भएको छ । बेलायतमा अहिले चुनावी चहलपहलको लेखाजोखा गरेर साध्य छैन । यसै चुनावी अभियानमा लागेका एकजना समाजसेवी सालिकराम सापकोटा पनि एनआरएनए को आइसीसी पदका दावेदार हुन् ।

सन् २०१५-१७ मा एनअआरएन यूकेको कार्यकारी सदस्य, प्रेस एण्ड पव्लिकेशन विभागको सचिव, २०१७-१९ का कोषाध्यक्षका प्रत्यासी रहेका सापकोटा हाल एनआरएन यूकेको सल्लाहकारको रुपमा रहँदै आएका छन् । चितवन एड सोसाइटी (क्याट) नामक च्यारिटी संस्थामा सचिवको सफल कार्यकाल सम्पन्न गरि सबैको मन जितेर वर्तमान उपाध्यक्ष पदको जिम्मेवारी सम्हाली रहनु भएका सापकोटाले जेन्स यूके (ग्राजुएट इन्टरप्रेन्युइर नेप्लिज सोसाइटी ) को अध्यक्ष पद सम्हालिसकेका सापकोटा हाल उक्त संस्थाको सल्लाहकारको रुपमा काम गरिरहेका छन् ।

सापकोटाले एन्गलिया रस्किन युनिभर्सिटी बाट एकाउनटिङ् विषयमा डिग्री हासिल गरेका छन् । २०१७-१९ मा एनआरएन यूकेको राज्य समन्वय विभागमा रही सक्रिय भूमिका निर्वाह गरेका सापकोटा निस्वार्थ समाज सेवामा लागेर गैर आवासीय नेपालीहरुको समस्या समाधानलाई प्रमुख लक्ष्यका साथ आघि बढ्ने बताउछन । नेपाली नागरिकताको निरन्तरता को अभियानलाई शसक्त रुपमा अगाडि बढाएर तेस्को सम्बोधन गराउनको लागि पहल गर्ने र एन आर एन प्रति युवाहरुलाई आकर्षित गराउने तर्फ जोड दिने उनले बताएका छन् ।

साथै विदेशमा बसेर विभिन्न क्षेत्रमा आफूले गरेको ज्ञान शिप र उर्जालाई नेपालको विकासमा सहभागी गराउने पनि आफ्नो उद्देश्य रहेको सापकोटाले बताएका छन् । बेलायतवासी नेपालीहरुमाँझ चिरपरिचित सापकोटा उर्जाशील, कर्मठ, सक्षम एवं गतिशील युवा उमेद्वारको रुपमा देखा परेका छन् । गैर आवासीय नेपाली संघको आईसीसी पदमा आफूलाई विजय गराउन सम्पूर्ण बेलायतवासी नेपालीहरुको सहयोग मिल्नेमा उनि विश्वस्त छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित