वरिष्ठ नेता पौडेल अस्वस्थ हुँदा कांग्रेस बैठक स्थगित

काठमाडौं : वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबारका लागि बोलाइएको बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्य पार्टी कार्यालय सानेपामा पुगेपछि पौडेल अस्वस्य भएको खबर आएको थियो।

पौडेल अस्वस्थ भएपछि बैठक स्थगीत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। ‘वरिष्ठ नेता पौडेलले म आराम गर्छु भन्नभयो’, मुख्य सचिव पौडेलले भने, ‘सबै नेता सानेपा पुगेपछि बैठक थगित भएको हो।’

बुधबार बैठक स्थगित भएपछि बिहीबार २ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव पौडेलले जानकारी दिए। प्रशिक्षणका लागि काठमाडौं बाहिर गएर फर्किएका नेता पौडेलले आफूलाई आराम चाहिएको बताएका हुन्। नेता पौडेल पछिल्लो साता प्रशिक्षणका लागि पोखरा, रुपन्देही, सुर्खेतलगायत ठाउँमा पुगेर फर्किएका हुन्।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा विभिन्न १४ एजेण्डा छलफलका लागि पेश गरेकोमा बुधबारको बैठकमा भातृसंस्थाहरुबारे छलफल हुने कांग्रेसले जनाएको थियो। भातृ संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्बन्धमा बैठकमा छलफल हुने कार्यसूची रहेको थियो।

कांग्रेसको नर्सरीका रुपमा चिनिने नेपाल विद्यार्थी संघ (नेविसंघ) विघटित छ। थपिएको समयमा पनि अधिवेशन गर्न नसकेको भन्दै नैनसिंह महर नेतृत्वको समिति भंग गरिएको थियो। त्यसपछ नयाँ कार्यसमिति आउन सकेको छैन। यता नेपाल तरुण दल चार जना पदाधिकारीको भरमा सञ्चालित छ। तीन वर्ष कार्यकाल रहेको तरुण दलको अहिलेको कार्यसमितिको समयावधि सकिन अब चार महिनामात्र बाँकी छ। तर कार्यसमितिले पूर्णता पाउन सकेको छैन।

नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको विधान अनुसार अवधि सकिइसकेको छ। शुभेच्छुक संस्थाको हालत पनि उस्तै छ।

भदौ २४ गतेदेखि कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुँदैछ। ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा जागरण अभियान हुँदैछ। समयावधि सकिएका भातृसंस्थाहरुलाई अधिवेशनका लागि समय दिने कि विघटन गर्ने भन्नेमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको थियो।

आफूलाई लोकतान्त्रिक भन्ने पार्टीकै भातृसंस्थाको अधिवेशन समयमै नहुनुले पार्टीभित्रै आन्तरीक लोकतन्त्रको खाँचो रहेको कांग्रेसकै नेताहरुले बताउने गरेका छन्। भएका भातृसंस्थाहरुको अवस्था भद्रगोल भएका बेला कांग्रेसमा आधा दर्जनबढी संघसंस्थाले भातृसंस्था तथा शुभेच्छुक संस्थाको मान्यताका लागि पार्टीमा आवेदन दिएका छन्।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित