गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपाली कला, संस्कृति,परम्परा र नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रबर्धन गर्ने उद्देश्यले यहि २५ अगष्ट आइतबारका दिन आयोजना गरिएको एघारौँ नेपाली मेला हजारौं दर्शक तथा अतिथीहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको छ । तमुधिं यूकेको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजित उक्त कार्यक्रम लन्डनस्थित केम्पटनपार्क रेसकोर्समा गरिएको थियो । सो मेलामा बेलायतमा रहेका २७ वटा संस्थाहरुले आफ्ना धर्म,संस्कृति र परम्परा झल्किने खालका मौलिक झाँकीहरु प्रस्तुत गरेका थिए । मेला अवलोकन गर्नको लागि बेलायतवासी मात्र नभएर विभिन्न विभिन्न १२ देशका १२ जना कुटनीतिज्ञहरुको पनि उपस्थिति रहेको थियो ।
मेलामा प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगको सहभागीइता रहेको थियो । नेपाली मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुंगले बेलायतवासी नेपालीबीचमा बहेको एकता र सद्भावको लागि आयोजकलाई धन्यबाद दिंदै नेपालीहरु जहना भएपनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनुपर्ने र नागरिकता परिवर्तन भएपनि संस्कृति, परम्परा, सोच र चिन्तन परिवर्तन नहुने बताए । संघिय प्रणालीको प्रारम्भिक रुपमा बामे सर्दै गरेको नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संस्कृतिक सहअस्तित्व कायम गर्नको लागि अवलम्बन गरिएको संघिय प्रणाली विकास क्रममा अगाडि बढ्दै गैरहेको बताए ।
अबको २५ वर्षभित्र नेपालमा गरिबी र साक्षरताको संख्या न्यून हुने र गण्डकी प्रदेशका प्रत्यक घरमा धारा र वाइफ़ाइको व्यबस्था गरिने योजना रहेको बताएका थिए । तेस्तैगरी नेपाली मेलालाई सम्बोधन गर्दै कार्यबाहक राजदूत शरदराज आरनले पनि नेपाली मेलाले हाम्रो कला संस्कृति र परम्परालाई विदेशि भूमिमा पनि निरन्तरता दिंदै आइरहेकोले नेपाली दूतावासको संयोजनमा तमुधिं यूकेले आयोजना गरेको नेपाली मेला नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्ने माध्यम बनेको बताएका थिए । साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल पार्नको लागि सबैलाई सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका थिए ।
आयोजक तमुधिं यूकेका अध्यक्ष नंद्जंग गुरुंगले पनि नेपाली मेलाले नेपाल र नेपालीको पहिचान बोकेको बताउदै नेपाली भाषा संस्कृति र परम्पराको जागेर्णा गर्नु हामी सबैको दायित्व रहेको बताए । हाम्रा संस्कृती, परम्परा, भाषा, भेषभूषा लगायतका मौलिक पहिचानलाई भावी पुस्तामाझ पनि निरन्तरता दिलाउनको लागि नेपाली मेलाले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । विदेशी कुटनीतिज्ञसमेतको उपस्थितिमा प्रस्तुत नेपाली प्रदर्शनीले नेपाल भ्रमण वर्षलाई समेत प्रबर्धन गर्ने गुरुंगले बताए । 
मेलामा उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, ३ सय पाउन्डको एनआरएन कप, ट्रफी, मेडल तथा प्रमाण पत्रको व्यबस्था गरिएको थियो भने नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउन्डको व्यबस्था गरिएको थियो । जसनुरूप साँसकृतिक झाँकी र नृत्यतर्फ दुवै विधामा प्रथम हुंदै सिक्लेस पार्चे समाजले यस वर्षको एबासडरकप जितेको छ । दुवै विधामा दोस्रो स्थान घान्द्रुक समाज यूकेले प्राप्त गरेको छ । विजेताहरुले क्रमशः ११ सय र ५ सय पाउण्डको नगद पुरस्कार जितेका छन् । झाँक िप्रस्तुतितर्फ रेडिंग तमु समाज यूके तेस्रो भएको छ भने चार भञ्ज्यांग तमु समाज यूके, गोर्खा समाज यूके र पासा पुच यूकेले सान्तवना पुरस्कार हात पारेका छन् ।
नृत्यतर्फ साउथ ईस्ट रिजनल तमु धिं तेस्रो बनेको छ । सान्तवना पुरस्कार चार भञ्ज्यांग तमु समाज यूके र तामांग सोसाइटी यूकेले जितेका छन् । मेलामा स्थानीय मेयर, काउन्सिलर लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । मेलाको औपचारिक कार्यक्रम महासचिव तुलाराम गुरुङले संचालन गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जुमकाजी गुरुङले दिएका थिए ।
नेपाली भेषभूषामा सजिएका झाँकी प्रदर्शनी एवं उपस्थित नेपालीहरुको माहोलले गर्दा त्यहा पुग्ने जोकोहीले पनि नेपालभित्रै रहेको महशुस गरेका थिए । नेपाली खानपानका परिकारहरु मम , सेलरोटी, चटपटे लगायत बिबिक्यू का स्टलहरुमा मारामार घुइंचो देखिन्थ्यो । नेपाली व्यबसायीहरुले आ-आफ्नो व्यापार व्याबसयलाई प्रचार प्रसार गर्नमा व्यस्त देखिन्थे । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला 
[embedyt] https://www.youtube.com/watch?v=J7gzyPMhJjM[/embedyt]





