आफ्नै दिदी र बहिनी बलात्कारको आरोपमा दुई पक्राउ

ललितपुर : बहिनी बलात्कार गरेको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन्। त्यस्तै दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्।

घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको हाे।

यतिमात्र होइन, यिनै दुई बालिकालाई बलात्कार गरेको आरोपमा अन्य दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ। जेठ २९ गते भारतीय नागरिक ३५ वर्षीय सञ्जय मण्डलले पीडित मध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि यो घटना बाहिरिएको थियो।

मण्डललाई पक्राउ परेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो। पीडित बालिकाले आफूहरुलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेका हुन्। त्यसपछि प्रहरीले उनीका दाइ र भाइलाई समेत पक्राउ गरेको हो।

तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटकपटक बलात्कार गरेकाे बताएकी छन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए।

सातदोबाटो वृत्तमा आइतबार चारैजनाविरुद्ध जाहेरी परेको छ। आरोपी खड्काले दुबै बालिकालाई टीभी हेर्ने बहानामा कोठामा लगेर जबरजस्ती करणी गरेको ललितपुर प्रहरीसमक्ष पीडितले दिएको जाहेरीमा उल्लेख छ।

‘आठ वर्षीयालाई ३० रुपैयाँ र १६ वर्षीयालाई ५० रुपैयाँ दिएर फकाएको रहेछ’, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख मिश्रले भने,‘कसैलाई नभन्नु भनेर त्रास पनि देखाएको रहेछ।’

प्रहरीका अनुसार पैसा दिने भन्दै प्रलोभनमा पारेर बलात्कार गरेको बताए पनि यस विषयमा बालिका खुलेर बोल्न सकेकी छैनन्। बलात्कारमा संलग्न पीडितका दाइभाइलाई बाल हिरासतमा राखेर अनुसन्धान गरिने मिश्रले बताए। उनीहरुलाई हाडनाता करणीको मुद्दा चलाउने गरी छानबिन सुरु भएको छ।

उमेर पुगेका मण्डल र खड्काको हकमा भने जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने मिश्रले जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे बताएकाे छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित