आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी आज दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बस्ने भएको छ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठक डाकेका हुन् ।

प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेर अर्का अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने निर्णय गरेको थियो ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ।

सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनले भने, “बैठकमा यी विषयमा सहमति जुटेमा आज ९सोमबार० नै यी विषय टुङ्गो लाग्नेछन् ।”

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहने भन्दै पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी गत बैठकमा भएको थियो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित