बालिका बलात्कारको मिलापत्र गराउने अभियुक्तसहित ९ पक्राउ

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकामा ६ वर्षीया बालिका बलात्कारको मुद्दामा मिलापत्रको प्रयास भएको छ। गत २१ असारमा कोहलपुर ११ का ३८ वर्षीय गोविन्द दमाईले बालिकालाई बलात्कार गरेको आरोप छ। पीडित परिवारले २४ असारमा इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएपछि दमाइ फरार भए।

बैजनाथ गाउँपालिका १ गाभर होमस्टेमा बुधबार अभियुक्त दमाई र उनका ८ जना आफन्तले पीडित बालिकाको परिवारसँग मिलापत्रको प्रयास गरिरहेकै बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१२ की नैनसरा वादी, दुर्गा नेपाली, कोहलपुर-११ का पार्वती नेपाली, दलबहादुर दमाई, टिकाराम परियार, ईश्वरी परियार, जीवन थापा र शितल चनारा छन्।

इप्रका प्रमुख डीएसपी रमेशबहादुर सिंहका अनुसार अभियुक्त दमाइ र उनका आफन्तले पीडित बालिकाको परिवारलाई गाभर भ्याली होमेस्टेमा बोलाएर मिलापत्रका लागि आर्थिक मोलमोलाई गरिरहेकै सूचनाका आधारमा घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो।

अभियुक्त दमाइ र उनका आफन्तले पैसा लिएर मुद्दा फिर्ता लिन बालिकाको परिवारलाई पटक-पटक दबाब दिएको प्रहरीले जनाएको छ।’अभियुक्त दमाईलाई नाबालिका बलात्कार जस्तो जघन्य अपराधमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ डीएसपी सिंहले भने, ‘बलात्कारको मुद्दा आर्थिक लेनदेनमा मिलाउन खोज्ने ८ जनालाई पीडित बालिकाका बुवाआमाको किटानी जाहेरीका आधारमा शान्तिविरुद्धको कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ।’
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित