नग्न अवस्थामा होटलको कोठामा मृत भेटियो एक जोडी

काठमाडौं । राजधानी काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा युवायती नग्न अवस्थामा मृत फेला परेका छन्। मोरङ पर्वत गेस्ट हाउसको कोठामा एक जोडी मृत फेला परेको महानगरीय प्रहरी अस्थाई बीट नयाँबसपार्कका एक प्रहरी जवानले डिसी नेपाललाई जानकारी दिए।

उनले भने, ‘अन्दाजी ३०–३२ वर्षका यम मगर र सोही उमेरी पहिचान नखुलेकी एक युवती मृत फेला परेका छन्। दुबैले अण्डरवेरमात्र लगाएका थिए।’ मृतक मगर चितवनका रहेको प्रहरीले जनाएको छ । युवती भने मकावनपुरकी हुन्।

प्रहरीले अहिले प्रारिम्भक मुचुल्का बनाइरहेको छ। शव उठाइएको छैन । प्रहरीले अनुसन्धान शुरु भएको जनाएको छ । एक प्रहरी अधिकारीले होटलको कोठमा दुबैजना मृत भेटिएको तर, त्यहाँ कुनै विषालु पदार्थ नभेटिएको बताए। उनले आत्महत्या हो वा हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित