सल्यान : सल्यानमा नेत्रविक्रम चन्द ‘विप्लव’ का दुईजना विद्यार्थीसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन जिल्ला सदस्य बागचौर नगरपालिका-५ निवासी महेशकुमार विक, शारदा नगरपालिका -१३ स्यानीखाल निवासी विद्यार्थी संगठनको जिल्ला सदस्य १८ वर्षीय सुरेश भारती रहेका छन्।
यस्तै विप्लव समूहका कार्यकर्ताको ब्यानर तथा झण्डा तैयार गरिदिने त्रिवेणी गाउँपलिका-४ घर भइ हाल शारदा नगरपालिका -१ श्रीनगरमा केसी डिजिटल आर्टस संचालक गरेका २५ वर्षीय हरि केसीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ।
तीनैजनालाई सोमबार बेलुकी श्रीनगर बजारबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले अनुसन्धानको दायरामा ल्याउन व्यापारीलाई पक्राउ गरेको हो।
भदौ १ गते राति छत्रेश्वरी गाउँपालिका-६ गडीज्युलास्थित खैराबाँग मन्दिरको गुठीको जग्गा कब्जा गरिएको भनि रातो झण्डा र एकीकृत जनक्रान्ती जिन्दावाद, वैज्ञानिक समाजवाद ,मगरात स्वयत्त प्रदेश जन परिषद सल्यान लेखेको ब्यानर लगाउने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। तीनैजनालाई म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्ट





