• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना NRN nrna नेपाल भ्रमण वर्ष नेपाली मेला नेपाल कोरोना पत्रकार महासंघ यूके बेलायत कोरोना

नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा तीज कार्यक्रम सम्पन्न -फोटो फिचर


  •     / ३ भाद्र २०७६, मंगलवार १६:१५ प्रकाशीत

  • Advertisement

    गोर्खा अनलाइन रेडियो यूके,
    लन्डन । नेपाली नारीहरुको लोकप्रिय तथा महान सांस्कृतिक पर्वको रुपमा परिचित हरितालिका तीजको अवसर पारेर नेप्लिज लेडिज कम्युनिटी हंस्लोले तीज कार्यक्रम २०१९ सम्पन्न गरेको छ । गत शनिबारका लन्डनको हंस्लोस्थित आशियाना ब्यांक्वेटिंग हलमा आयोजना गरिएको सो तीज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेप्लिज लेडिज कम्युनिटी हंस्लो (एनएलसीएच) ले प्रत्यक वर्ष तीज कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । सामाजिक कार्यमा समेत संलग्नता जनाउंदै आएको नेप्लिज लेडिज कम्युनिटीद्वारा थुप्रै सह्रानीय कार्यहरु गर्दै आइरहेको छ । उक्त तीज विशेष कार्यक्रममा काउन्सिलर बिष्णु गुरुङ, गोर्खा नेप्लिज कम्युनिटी हंस्लोका अध्यक्ष डोल मल्ल लगायत अन्य थुप्रै सामाजिक अभियन्ताहरुको सहभागीता रहेको थियो । विशेषगरि महिलाहरुको तीज कार्यक्रम भएतापनि दाजुभाईहरुलाई समेत निमन्त्रणा गरिएको हुँदा पुरुषहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । डीजे चांद लामाले संगीत संयोजनको भूमिका निर्वाह गर्दै विभिन्न तीजका गीतहरु मार्फत मनोरंजन दिलाएका थिए । संस्थाकी अध्यक्ष देवी रानी गुरुंग र काउन्सिलर बिष्णु गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा राफल ड्रा खोलिएको थियो । प्रथम पुरस्कारमा सुनको तिलहरी राखिएको थियो जसलाई श्री सन्तोषी माँ ज्वेलर्स हंस्लोले प्रायोजन गरेको थियो । द्वितीय पुरस्कार गोर्खा बेद एण्ड ब्रेकफाष्ट काठमान्डौले प्रायोजन गरेको थियो । तेस्तैगरि ड्रिम्ज ब्युटी एण्ड सैलुनद्वारा तृतीय पुरस्कारको प्रायोजन गरिएको थियो । नेपाली मौलिक परम्परालाई निरन्तरता दिने उद्देश्यले तीज लगायतका कार्यक्रमहरु आफ्नो संस्थाले गर्दै आएको संस्थाकी अध्यक्ष देवी रानी गुरुंगले बताइन । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला</strong>

    फोटो साभार,एनएलसीएच

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. लन्डनस्थित नेपाली दूतावासद्वारा सगरमाथा दिवस मनाइयो

    • २. अल्डरसटमा गोर्खा कपको रौनक : २० हजार दर्शकबीच राङभाङ समाज यूके विजेता

    • ३. २४औं गोर्खा कपमा ५६ टोलीको प्रतिस्पर्धा, उदयीमान नेपाली फुटबलर मेलिसा रेग्मी विशेष आकर्षण

    • ४. क्यामन आइल्यान्डमा नेपाली दूतावासले घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने

    • ५. हरि बुढामगरको नयाँ कीर्तिमानी, सातै महाद्वीपका सर्वोच्च शिखर आरोहण

    धेरै पढिएको
    • १. लन्डनस्थित नेपाली दूतावासद्वारा सगरमाथा दिवस मनाइयो

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d