नायिका शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश

काठमाडौँ — सर्वोच्च अदालतले बहुविवाहसम्बन्धी मुद्दामा नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ । जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । शिल्पाले त्यसविरुद्ध दिएको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरेको थियो ।

जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध शिल्पाले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले आइतबार उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि शिल्पा भदौ १५ गतेसम्म पक्राउ पर्ने छैनन् ।

शिल्पाको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने सम्बन्धमा छलफलका लागि सर्वोच्चले भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षसित छलफलपछि शिल्पालाई पक्राउ गरेर या नगरी मुद्दा अघि बढाउने सम्बन्धमा सर्वोच्चले निर्णय दिनेछ । चलचित्र निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमाले शिल्पा र छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाहको उजुरी दिएकी छन् ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित