Home > Blog > रुखले किचेर भारतमा २ नेपालीको मृत्यु

रुखले किचेर भारतमा २ नेपालीको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नयाँ दिल्ली — भारतको हिमाचल राज्यमा रुखले किच्दा २ नेपालीको मृत्यु भएको छ । हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए ।

मृत्यु हुनेमा बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर छन्।

अन्य घाइतेहरुमा भीमबहादुर, कृष्ण, रणवीर, रमन, समीर छन्।घाइतेहरु सबै राप्तिसोनारी गाउँपालिका-४ का बासिन्दा हुन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। आइतबार बिहान उनीहरू बस्दै आएको घरमाथि रुख ढलेको थियो। घाइतेहरुलाई तत्कालै सीमलाको इन्दिरा गान्धी मेडिकल कलेज पुर्‍याइएको थियो।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1