Breaking News
Home > Blog > पूर्व राजदूत हत्या प्रकरण : सुरक्षा गार्ड तामाङ पक्राउ

पूर्व राजदूत हत्या प्रकरण : सुरक्षा गार्ड तामाङ पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। पूर्व राजदूत केशव झाको हत्या गरेको आरोपमा प्रहरीले झाकै घरमा सुरक्षा गार्डका रुपमा काम गरेका काभ्रेका कान्छाराम तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

केशव झाको हत्या प्रकरणमा उनलाई यसअघि अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले १५ हजार धरौटीमा उनलाई रिहा गरेको थियो ।

स्वर्गीय झाकी श्रीमतीले किटानी जाहेरी दिएपछि उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत वर्ष भदौमा ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । टाउको र घाँटीमा चोट लागेको अवस्थामा मृत भेटिएका उनीमाथि किचनको चक्कु प्रहार भएको आशंका गरिएको थियो ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1