गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । एनआरएन यूकेको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनको लागि कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएन यूकेको केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० / १० जना गरी ७४ पदका लागि निर्वाचन हुनेछ । एनआरएन यूकेको भावी अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुंग र शेर सुनारले उमेद्वारी दिएका छन् । एनआरएन यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ ठाउंमा प्रेम गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिल खड्का र धन सार्कीसहित ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्याण्डबाट यज्ञमुर्ति ढकाल र मोहन कार्कीले उम्मेदवारी दिएका छन् । महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पा एवम् २ जना सचिवको ठाउंमा कोशलेश्वर ( कृष्ण ) ढकाल, जित रानाभाट, विष्णु खरेल , भोलाविक्रम राई र भाग्यनारायण रायसहित ५ उम्मेदवारको उम्मेदवारी आएको छ । १ जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिंग माबोले उम्मेदवारी दर्ता गराएका छन् । 
कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुंग, महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल, युवा संयोजकमा हेम गुरुंग ,अनिल मल्ल र नविन गुरुंगको उम्मेदवारी परेको छ । १२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी आएको छ । ७ वटा आइसिसी सदस्यको लागि योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपान,े राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल , सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बांस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशिला राई र लिलादेवी गुरुंगले उम्मेदवारी दिएका छन् ।
इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ र भिम सारु तथा स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीको उम्मेदवारी परेको छ । नर्दन आयरल्याण्ड परिषदमा नारायणबहादुर कुंवर र वेल्स राज्य परिषदमा कृष्णप्रसाद भण्डारीको नेतृत्वको कार्यसमिति निर्र्विरोध बनेको छ । वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंग्ल्याण्ड राज्य परिषद एवम् एनआरएन यूके केन्द्रीय समितिका सबै पदमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेको छ ।
उम्मेदवारहरुको नामावली :
राष्ट्रिय समन्वय समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम
अध्यक्ष-१
पुनम गुरुङ
शेरबहादुर सुनार
उपाध्यक्ष-२
धनबहादुर सार्की
कमल पौडेल
पशुपति पोखरेल
सुनिलबाबु खड्का
प्रेमबहादुर गाहामगर
उपाध्यक्ष (महिला) १
रोजिनाप्रधान राई
बिमला लिम्बु
उपाध्यक्ष (स्कटल्याण्ड) १
मोहनकुमार कार्की
यघमूर्ति ढकाल
उपाध्यक्ष (वेल्स) १
रामचन्द्र पोखरेल
उपाध्यक्ष (उत्तरी आयरल्याण्ड) १
नारायणदत्त कंडेल
महासचिव १
फडिन्द्र भट्टराई
कमानसिंह कर्मा पहाडी शेर्पा
सचिव २
भाग्यनारायण राय
जीतबहादुर रानाभाट
कोशलेश्वर ढकाल (कृष्ण)
भोलाविक्रम राई
विष्णु खरेल
सचिव (महिला)
१लिला हाङमा सेलिङ मावो
रन्जिता मल्ल
कोषाध्यक्ष १
तिलकराम भट्टराई
तेजेन्द्र रोकामगर
सहकोषाध्यक्ष १
विष्णु चालिसे
शकुन्तला गुरुङ
युवा संयोजक १
हेमकुमार गुरुङ
तीर्थबहादुर मल्ल (अनिल)
नवीन गुरुङ
महिला संयोजक १
क्षमता ढकाल
प्रसुना कंडेल
सदस्य-१२
याम आचार्य
जितेन्द्रकुमार चेम्जोङ
भरतमणि चोङबाङ लिम्बु
समिर खनाल
सरस्वती खत्री क्षेत्री
कृष्णप्रसाद खरेल
भिमलाल भट्टराई
गोमा पौडेल
नृपेश उप्रेती
सुनिलकुमार साह
हेमकुमार लिम्बु
प्रकाशराज कंडेल
ज्ञानेन्द्रबहादुर आलेमगर
तारामैया गुरुङ
शिवबहादुर राना
तीर्थबहादुर थापा
लालबहादुर गुरुङ
चन्द्रकला लिम्बु
कोपिला वनेम लिम्बु
अमृता गिरी
२. इङ्ल्याण्ड राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम
अध्यक्ष १
भीम सारु मगर
दीपक श्रेष्ठ
उपाध्यक्ष १
लालबहादुर गुरुङ
सशांक शर्मा
सचिव १
नारायण पौडेल गाउंले
गोविन्द शर्मा खरेल
सहसचिव १
कृष्णप्रसाद बैद्य
कोषाध्यक्ष १
ध्रुवहरि बाँस्कोटा
पूण्यप्रसाद रेग्मी
सहकोषाध्यक्ष १
चन्दन गुरुङ
कृष्णप्रसाद बगाले
सदस्य-४
सीताकुमारी पन्त
बालकृष्ण दाहाल
बन्दना केसी
मोहनलाल ओली
प्रकाश न्यौपाने
३. स्कटल्याण्ड राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम कैफियत
अध्यक्ष १
छविलाल अर्याल
काशीराम भण्डारी
उपाध्यक्ष १
श्रीकृष्ण भेटुवाल
मनिष खत्री
सचिव १
कृष्णप्रसाद देवकोटा
दिवाकर पाण्डे
सहसचिव १
सजना गैरे भट्टराई
कोषाध्यक्ष १
कमला श्रेष्ठ
शर्मिला भण्डारी
सहकोषाध्यक्ष १
भोजराज खरेल
सदस्य ४
टिकाराम खरेल
शिवकान्त खराल
रामप्रसाद कंडेल
सुशिला गैरे
भूपालबहादुर कार्की
४. वेल्स राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम
अध्यक्ष १
कृष्णप्रसाद भण्डारी
उपाध्यक्ष १
अमृत घले
सचिव १
प्रकाश कंडेल
सहसचिव १
सन्जिव मैनाली
कोषाध्यक्ष १
विभूषणमान श्रेष्ठ
सहकोषाध्यक्ष १
शोभा राना पोखरेल
सदस्य ४
बलराम अधिकारी
खिमबहादुर क्षेत्री
जीवन केसी
रामेश्वर देवकोटा
५. उत्तरी आयरल्याण्ड राज्य समिति
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम कैफियत
अध्यक्ष १
नारायणबहादुर कुंवर
उपाध्यक्ष १
बलबहादुर थापा
सचिव १
छमबहादुर रेग्मी
सहसचिव १
विष्णुबहादुर क्षेत्री
कोषाध्यक्ष १
रामु खड्का
सहकोषाध्यक्ष १
देवीलाल थापा
सदस्य ४
रामप्रसाद निउरे
अम्मरबहादुर खत्री
जयन्ती चुडाल
तुलसीराम पौडेल
६. अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य
पद निर्वाचित हुने संख्या उम्मेदवारको नाम
आइसीसी सदस्य- ७
रमेश शर्मा बास्तोला
अर्कराज तिम्सिना
दयानिधि सापकोटा
अर्जुनकुमार कटुवाल
राजन खकुरेल
सुरोज मास्के
ललितकुमार न्यौपाने
मनिष खड्का
कृष्णप्रसाद तिवारी
होमनाथ पौडेल
सालिक सापकोटा
सुशिला राई
योगकुमार फगामी
लिलादेवी गुरु
भवदीय
मे.रि. डमर घले
प्रमुख निर्वाचन आयुक्त
१८ अगष्ट २०१९
फोटो शिव भण्डारी





