स्थानीय तहका उपप्रमुखलाई गाडी चाहिन्छः मुख्यमन्त्री गुरुङ

गोरखा । गण्डकी प्रदेशले स्थानीय जनप्रतिनिधिको पारिश्रमिक निर्धारणसँगै उपप्रमुख (उपमेयर वा उपाध्यक्ष) लाई गाडी सुविधा दिने निर्णय गर्‍यो । जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै आलोचना भयो ।

तर प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आवश्यक भएकाले सवारी दिने निर्णय गरिएको बताएका छन् ।

उपमेयर तथा उपाध्यक्ष हिजोका मेयर तथा अध्यक्षको छाया जस्तो नभएको उनले बताए । उपप्रमुखलाई कर्मचारी व्यवस्थापन, बजेट कार्यान्वयनको अनुगमन, न्यायिक समितिको संयोजक लगायतका जिम्मेवारी रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सवारी आवश्यक भएकाले दिने भनेका हौं तर, अनिवार्य गरेका छैनौं ।

शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री सुब्बाले संविधानले गरेको असमान व्यवहार हटाउन जनप्रतिनिधिको सेवासुविधा बढाइएको बताए । ‘प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रतिनिधिले पारिश्रमिकसहित सेवा सुविधा लिन्छन्, मन्त्रीहरुले पनि लिन्छन्’ उनले भने, ‘तर स्थानीय तहका पदाधिकारीको पारिश्रमिक छैन, सेवा सुविधामात्र तोकिएको छ । हामीले संविधानको यो असमान व्यवस्था हटाउन खोजेको मात्र हौं ।’

उनले प्रधानमन्त्री, मन्त्री र सांसदले सपथ खाएसँगै तलव सुविधा पाइहाल्ने तर, स्थानीय तहका प्रमुख र अन्य जनप्रतिनिधिले किन नपाउने भन्ने प्रश्न गरेका छन् ।
प्रदेश ऐनमा रहेको स्थानीय जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने भन्ने वाक्य पनि हटाइएको छ ।

यसलाई सुविधाभोगी भन्न नमिल्ने जिकिर गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘हामीले बाटो खुल्ला गरिदिएका छौं, अब लिने दिने दुवै पालिका हुन्, उनीहरुले जे गर्छन् गर्छन् ।,’

नियमनकारी निकायका पदाधिकारीले दोहोरो सुविधा लिइरहेको उदाहरण दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘आर्थिक प्रणालीमा भएको अनियमितता हेर्ने तथा अनुगमन गर्ने लेखा परिक्षकले तलवभत्तासँगै पेन्सन लिइरहेका छन्, अख्तियारका पदाधिकारीले त्यही गरेका छन् । माथिल्लो स्तरमा मिल्ने, तल्लो स्तरमा किन नमिल्ने ?’
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित