Home > Blog > पार्टी एकता नगरेको भए ठीक हुन्थ्यो कि?

पार्टी एकता नगरेको भए ठीक हुन्थ्यो कि?

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पछिल्लो अवस्थाप्रति निराशा व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको छ।’ दाहालले कतिपय बिषय चित्त नबुझे पनि पार्टी एकतालाई बलियो बनाउनका लागि निर्णय गरिएको बताए।

लामो छलफलपछि नेकपाको सचिवालय बैंठकले शुक्रबार महत्वपूर्ण कुराहरुमा निर्णय लिएको बताउँदै भने, यसले पार्टी एकतालाई बलियो बनाएको छ।’

प्रचण्डले वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा रहेको समेत बताएका छन्। चुनावका बेला गरिएका प्रतिवद्धता, घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने पनि चुनौति रहेको उनले प्रष्ट पारे।

‘जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोसा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ,’ उनले भने।

नेकपाको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताउँदै प्रचण्डले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पष्ट्र पारे।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1