Home > Featured > एनआरएनए यूकेको निर्वाचनमा नयां मोड, दुईजनाबीचमा भिडन्त

एनआरएनए यूकेको निर्वाचनमा नयां मोड, दुईजनाबीचमा भिडन्त

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनले नयाँ मोड लिएको छ । अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका ५ जना मध्यबाट ३ जना चुनावी अभियानबाट पछी हटेको जानकारी गराएका छन् । मंगलबार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलन मार्फत प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले अध्यक्षका अर्का प्रत्यासी शेर बहादुर सुनारलाई सहयोग गर्ने घोषणा गरेका हुन् । अध्यक्षका प्रत्यासी ललित न्यौपानेले एनआरएनए सानो घेरामा राखेर समाजको हित नहुने भएकाले चार जना साथीहरुले मिलेर जाने प्रस्ताव ल्याएको र त्यसलाई आफुले स्वीकार गरेको बताए । उनले आगामी निर्वाचनमा आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अर्का प्रत्यासी प्रेम गाहामगरले पुरानो प्रथाबाट सदस्यता वितरण प्रणाली प्रति असन्तुष्टी व्यक्त गर्दै दलितजातिबाट एनआरएनको नेतृत्व भएमा पूर्ण समावेशी हुने भएका कारणले शेर सुनारलाई अध्यक्षमा समर्थन गरेको वताए । उनले अध्यक्षको उम्मेदवारीको फिर्ता लिदै पुनः उपाध्यक्षमा उठ्ने जानकारी दिए । पत्रकार सम्मेलनमा शसांक शर्मा, नारायण कंडेल, प्रवेश केसी, ओम थापा, एनआरएनएका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित लगायतले शुभकामना दिए । सोमबार साँझ मात्र मिडल्याण्डबासी र पुनम गुरुङ पक्षले लिखित रुपमा चार बुँदे सम्झौतामा हस्ताक्षर गरेपछि मिडल्याण्डवासीको समर्थन अध्यक्ष पदकी प्रत्यासी पुनम गुरुंगलाई रहने हल्ला चलेकोथियो । आगामी १४ सेप्टेम्बर हुने निर्वाचनको लागि मिडल्याण्डवासीको भोटलाई निर्णायक भोटको रुपमा हेरिंदै आएको छ । पुनम गुरुङ समुह र मिडल्याण्डका उम्मेदवारहरुबीच सम्झौता भएको १ दिन बित्न नपाउँदै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका तीन दाबेदारले गरे शेर सुनारलाई समर्थन गर्न पुगेका हुन् । सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने मिति अगस्ट १८ तारिखलाई निर्धारण गरेको छ । तस्विर शिव भण्डारी

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1