Home > Blog > लण्डनमा पहिलोपल्ट आयोजित बिएनपीएल सुपर ८ कर्पोरेट क्रिकेटको उपाधी नवयुवाको हातमा

लण्डनमा पहिलोपल्ट आयोजित बिएनपीएल सुपर ८ कर्पोरेट क्रिकेटको उपाधी नवयुवाको हातमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाईन रेडियो यूके,

लन्डनस्थित केटीएम ट्राभल एन्ड टुर्सको आयोजनामा अगस्ट ११ मा साउथहलस्थित लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्समा पहिलोपटक आयोजित ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता २०१९’ को उपाधि नवयुवा टिमले जित्न सफल भएको छ । प्रतियोगितामा च्याम्पियन बनेर नव युवाले १५ सय पाउण्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी टिमलाई सांसद वीरेन्द्र शर्मा, नेपाली दूतावास लन्डनका लव सुवेदी, व्यवसायी रबिजंग लामिछाने लगायतले ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए । इंग्ल्याण्ड क्रिकेट बोर्डबाट मान्यता प्राप्त दुई अम्पायरद्वारा खेल संचालन गरिएको थियो ।
कुल ६ टिमलाई दुई समूहमा विभाजन गरि खेलाइएको उक्त खेलमा पहिलो राउण्ड रोबिन लिग आधारमा खेलाइएको थियो भने दुवै समूहबाट उत्कृष्ट हुने फाइनलमा प्रवेश गरेका थिए । समूह चरणको दुवै खेल जितेर ग्रुप एबाट फाइनलमा पुगेको थियो नव युवा । ग्रुप बीबाट तीनै टिमले एक एक खेल जितेर समान अंक भएपछि नेट रन रेटको आधारमा बिग्रेड अफ गोर्खाज टिम फाइनलमा पुगेको थियो लिग चरणका खेलमध्ये समूह बी अन्तर्गत दुई ब्रिटिश आर्मीबीचको खेल रोमाञ्चक भएको थियो । अन्तिम बलमा जितको लागि दुई रन चाहिंदा खेलाडी रनआउट भएपछि ब्रिगेड अफ गोर्खाजले खेल खेल हारेपनि उच्च रनरेटको आधारमा फाइनलमा प्रवेश पाएको थियो ।
लिग चरणका दुईवटा खेलमा म्यान अफ द म्याच र फाइनलमा पनि म्यान अफ द म्याच जितेर प्रतिगोगितामा सुमन श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न पुगे । यस खेलका टुर्नामेन्ट निर्देशक विनोद्विकस सिम्खडाले खेल सफल रहेको बताएका थिए । तेस्तै इभेन्ट निर्देशक केटीएम ट्राभल्स एण्ड टुर्सका सुनिल थापाले पनि आफ्नो पहिलो प्रयास सफल रहेको बताउदै खेलाडी लगायत सहयोगी सबैलाई बधाई तथा धन्यबाद दिएका थिए । आगामी भविष्यमा गरिने कार्यक्रमलाई अझ बढी सफल र भव्य बनाउदै लैजाने पनि थापाले बताएका थिए ।
प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गरेका थिए । कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णलाई आयोजकको तर्फबाट धन्यबाद प्रदान गर्दै भविष्यमा पनि सहयोग र साथको अपेक्षा गरेको आयोजकले बताएको छ । बाँकी फोटो हेर्नको लागि हाँ क्लिक गर्नुहोला201 फोटो एभरेष्ट गौतम / गोर्खा रेडियो

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1