गोर्खा अनलाइन रेडियो यूके,
युरोप लगायत विभिन्न ठाउँमा लोकप्रिय बनेका चर्चित गायक सुभास सुन्दासले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुती “सुरुवात” लिएर आएका छन् । विशेषगरि बैवाहिक बन्धनमा बाँधिएका नव दम्पतिहरुको लागि नयाँ यात्राको हौसला र प्रेरणास्वरुप तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोमा नेपाल, बेल्जियम,जर्मनी, यूके, निदरल्याण्ड लगायतका विवाहित जोडीहरुलाई समेटिएको छ ।
सुभास सुन्दासको स्वर रहेको यस गीतमा रामु परियारको संगीत रहेको छ भने शब्दहरु सुभास सुन्दास र रामु परियारको रहेको छ । यस म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादन बिकास भोम्जनले गरेका हुन् । स्विजरल्याण्डमा बसोवास गर्दै आएका सुन्दासले स्विजरल्याण्ड, स्पेन, इटाली, जर्मनी, डेनमार्क,साईप्रस लगायत थुप्रै देशहरुमा आफ्नो प्रस्तुती समेत राखिसकेका छन् ।
सुरुवातको म्युजिक भिडियो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=evMIvsnkQoo[/embedyt]





