गोर्ल्हा अनलाइन रेडियो यूके,
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा १३,८९० आवेदन मध्य १३ हजार ३ सय ५ जनाले सदस्यता प्राप्त गरेको निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठले जानकारी दिएका छन् । उक्त सदस्यहरुले एनआरएन युकेको निर्वाचनमा भाग लिन र उम्मेदवार बन्न पाउने भएका छन् । अन्य सदस्यको प्रमाणिकरण पछि मतदाता नामावलीमा समावेश गरिने छ ।
अगस्ट ११ आइतवार, साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र सोहिदिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।
पहिलो चरणको नामावली निम्न अनुसार रहेको छ । आफ्नो नाम पट्ट लगाउनको लागि कम्प्युटरमा कन्ट्रोल थिचेर F थिच्नुहोस र आएको खल्ली बक्समा आफ्नो नाम टाइप गरि इन्टर थिच्नुभयो भने उक्त नाम स्क्रिनमा आउनेछ ।
हेर्नको लागि यहाँ क्लिक गर्नुहोला





