Home > Blog > कुनै नेता र गुट बलियो हुनु काँग्रेस बलियो हुनु होइन : गगन थापा

कुनै नेता र गुट बलियो हुनु काँग्रेस बलियो हुनु होइन : गगन थापा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायित्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उनले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताए।

उनले संगठन बलियो र नेतृत्व भरोसा योग्य नभएका कारण युवाहरु भविष्यप्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दे उनले पार्टीको तल्लो तहसम्मका भात्तृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याए।

उनले भने, ‘नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्छ । कांग्रेस बलियो र भरोसा योग्य हुने भनेको कांग्रेसका विङस्हरु बलियो हुनु हो । कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरवहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन ।’

उनले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याए । नेता थापाले पार्टी नेतृत्वलाई युवालाई नेतृत्व हस्तान्तरण गर्ने र मुल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिए।

उनले पार्टी नेतृत्वले युवाहरुलाई भविश्यमा मुलुकको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्वीर दिन सक्नुपर्ने बताए। उनले कांग्रेस सँधै जनताको मन जित्ने अभियानमा लागिरहनुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘हामी मजदुर किसान पार्टी पनि होइन । भक्तपुरमा मादल बजाएर बस्ने । कांग्रेस हो जित्ने मन हुन्छ । देशभरी चुनाव लड्ने हो जितेन भने जितेन । अर्को पटक जित्ने हो ।’

सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ । त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ । सम्मेलनमा फियन अन्र्तगतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1