६५ वर्ष कटेपछि बैंकको सिइओ बन्न नपाइने

अब ६५ वर्ष उमेर पुगेपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने भएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंकहरुलाई निर्देशन जारी गर्दै ६५ वर्ष नाघेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त हुन नपाइने व्यवस्था गरेको हो।

यदी बैंकमा कार्यकाल रहेको अवस्थामा भने ६९ वर्षसम्म वहाल रहन सक्ने व्यवस्था गरिएको छ। बैंकमा प्रमुख कार्यकारीको पदावधि सामान्यतः ४ वर्षको हुने गर्छ।

नयाँ व्यवस्थाअनुसार ६५ वर्ष पुगेपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाको सिइओ हुन पाइने छैन। तर ६५ नपुग्दै नियुक्त भएको अवस्थामा भने ६९ वर्ष हुँदासम्म सिइओ पदमा रहेर काम गर्न सकिनेछ।

६५ वर्षपछि सामान्यतः काम गर्ने उमेर नभएकाले उमेरको हदवन्दी तोकिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए। ‘बाफियामै यो व्यवस्था गर्ने भनिएको हो, तर यो तत्काल लागू गर्नुपर्ने भएकाले निर्देशनमार्फत लागू गरिएको हो’ सेतोपाटीसँगको कुराकानीमा निरौलाले भने।

यस्तै संचालक समिति सदस्य नियुक्त सम्वन्धमा पनि उमेर हद तोकिएको छ। अब ७० वर्ष उमेर पुगेकाहरु संचालक समितिमा रहन पाउने छैनन् तर बहाल रहेको अवस्थामा भने ७४ वर्षसम्म रहन सक्नेछन्।

यो निर्देशिका कार्यान्वयनमा आएसँगै बहाल अवस्थामा रहेका ६९ वर्ष नाघेका प्रमुख कार्यकारीले पद छोड्नुपर्नेछ। कुन कुन बैंकका प्रमुख कार्यकारी तथा संचालकहरुको उमेर हद नाघेको छ ? भन्ने प्रश्नमा निरौलाले यस विषयमा जानकारी नभएको बताउँदै अब अध्ययन हुने बताए।

सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित