अटो र बोलेरो ठोक्‍किँदा सातजना घाइते, दुई गम्भीर

धनगढी : धनगढी अत्तरिया सडकखण्डको गेटामा अटो रिक्सा र ग्यास सिलेन्डर बोकेको बोलेरो जीप ठोक्‍किँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। सोमबार बिहान ११ बजेतिर धनगढी उपमहानगरपालिका-१७ डमौलियाबाट बजारतिर आइरहेको ना ३ स ५५६६ नम्बरको अटो र धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ च ८२३ नम्बरको बोलेरो गोदावरी नगरपालिका-१३ मा पर्ने गेटा नजिकै आपसमा ठोक्‍किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी अटो चालक दिपक धामीसहित ७ जना घाइते भएका छन्। अटोमा सवार डमौलियाका ५५ वर्षका चनकलाल डँगौरा र सोही ठाउँकी रुपनी देबी डँगौरा गम्भीर घाइते भएका छन्।

अटोमै सवार सोही ठाउँका ५२ वर्षीया उर्मीला डाँगौरा, २८ वर्षीया बेपनी देबी चौधरी, २३ वर्षीया राजकुमारी चौधरी र उनका ५ वर्षीय छोरा योजन चौधरी पनि घाइते भएका छन्। चालक सहित पाँचजनाको अवस्था सामान्य रहेको सेतीअञ्चल अस्पतालले जनाएको छ।

गम्भीर चनकलालको दाँया खुट्टामा गम्भीर चोट लागेको छ। रुपनी देबीको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीले अटो चालक दिपक धामी र बोलेरो चालक तारासिंह साउँदलाई पक्राउ गरेको जनाएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित