रोजगारी नखुल्दै मलेसिया लैजाने भन्दै अन्तरवार्ता !

काठमाडौं । श्रम गन्तब्य मुलुक मलेसियामा नेपाली कामदार लैजान रोकिएको १४ महिना भइसक्यो । श्रम समझदारी भएको ९ महिना बित्दा पनि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु भएको छैन । तर म्यानपावर कम्पनीहरुले मलेसिया लैजाने भन्दै अन्तरवार्ता लिन सुरु गरेका छन् । शनिबार वैदेशिक रोजगार विभागले एक अन्तरवार्तास्थलमा छापा मार्दा यस्तो तथ्य खुलेको हो ।

म्यानपावर व्यवसायीले लामो समदेखि बन्द रहेको मलेसिया नखुलाए पूर्वस्वीकृतिका आधारमा मलेसियाको लागि अन्तरवार्ता लिन थाल्ने चेतावनी दिँदै आएका छन् ।

शनिबार विभागले क्लासिक अमेभरसिज म्यानपवरले लिइरहेको अन्तरवार्ता स्थलमा छापा मारेको थियो । उसले आफ्नै बत्तिसपुतलीस्थित कार्यालयमा अन्तरवार्ता लिइरहेको सूचनाका आधारमा विभागको टोलीले त्यहाँ पुगेको थियो ।

कम्पनीले वावासुन प्याकेजिङ कम्पनीका लागि भन्दै अन्तरवार्ता लिइरहेको भेटिएको विभागले जानकारी दिएको छ । करिब १५० जना युवा अन्तर्वार्ताका लाइनमा थिए ।

अन्तरवार्ताका लागि मलेसियाकै कम्पनीबाट ३ जना प्रतिनिधि पनि सहभागी भएको पाइएको विभागले जनाएको छ । संस्थाले विभागबाट उक्त कम्पनीका लागि पूर्वस्वीकृति पनि नलिएको प्रराम्भिक अनुसन्धानबाट देखिएको छ ।

टोलीले अन्तर्वार्तामा प्रयोग गरिएका कागजात नियन्त्रणमा लिएको छ भने म्यानपावरका सञ्चालकलाई २४ घण्टाभित्रै विभागमा उपथ्थिति हुन पनि निर्देशन दिएको छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित