Breaking News
Home > Blog > विप्लव समूहका पोलिटब्यूरो सदस्य भन्छन् : वार्ताको विकल्प छैन

विप्लव समूहका पोलिटब्यूरो सदस्य भन्छन् : वार्ताको विकल्प छैन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन्।

महानगरीय प्रहरी परिसर टेकुमासँग कुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दियो।

उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिए। वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।

पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गरे। ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो’ उनले भने, ‘कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ।’

आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुरा सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने सुझाव दिएको बताए।

उनले राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने समेत बताए। उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे।

चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1